जनसेवाको कामलाई पहिलो प्राथमिकता दिनेछु : नवनियुक्त मन्त्री साह

काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढङ्गले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताउनुभएको हो । सञ्चारकर्मी […]

कांग्रेस सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । मोरङ –३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ । रासस

सार्वजनिक सुनुवाई प्रति युवाहरुको आपत्ति

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको सार्वजनिक सुनुवाई प्रति युवाहरुले आपति जनाएको छ। यहीं श्रावन १९ गते शुक्रवार देवानगञ्ज गाउँपालिकाले गर्न गई रहेको सार्वजनिक सुनुवाईको समय र आचार संहिता प्रति युवाहरुले आपति जनाउदै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले आउँदो श्रावण १९ गते गर्न लागिएको “सार्वजनिक सुनवाई कार्यक्रम” को बारेमा जारी गरिएको सुचनामा उल्लेख भएको समय, आचार […]

मधेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, समिम र चन्दन मन्त्री नियुक्त

काठमाडौँ । मधेश प्रदेशमा पाँचौं पटक पन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले पाएका छन् भने गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमले सम्हाल्ने भएका छन् । दुवै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । योसहित मधेश प्रदेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार […]

नगर प्रहरी नै परिचालन गरेर काठमाडौंमा ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने तयारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा नगर प्रहरी पठाएर आदिपुरूष प्रदर्शन रोक्ने तयारी गरेको छ । महानगरले नगर प्रहरी पठाएर चलचित्र प्रदर्शन रोक्ने तयारी गरेको हो । पहिला हलहरूलाई प्रदर्शन नगर्न अनुरोध गर्ने, नभए बन्द गराउने मेयरका स्वकीय सचिव भुपदेव शाहले बताउनुभयो । यो हाम्रो संस्कृतिमाथिको आक्रमण हो । प्रदर्शन रोक्न आग्रह गर्ने हो, […]

स्थानीयद्वारा प्राधिकरणको बितरण केन्द्र घेराउ

कोहलपुर । ४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् । घेराउ गर्न पुगेका स्थानीयले बिद्युत अनियमित्ताबिरुद्ध चर्को रुपमा नारावाजी गरेका छन् । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमैं […]

शिक्षकको कुटाईबाट पाँच विधार्थी बेहोस

सुरेन्द्र मेहता । विराटनगर । सुनसरीको एक सामुदायिक विद्यालयमा शिक्षकको कुटाईबाट पाँच विधार्थी बेहोस बनेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को शारदा माविका छात्राहरुमाथि एक शिक्षकले कुटपिट गरेकाले विधार्थी बेहोस बनेका हुन । आईतबार २०८० जेठ २८ गते विहान करीब ८ बजेको समयमा कक्षा सञ्चालन भईरहेको बेला सप्तरीको राजविराज नगरपालिका घर बनाउने ४० […]

दुहबीको मंगलबारे हटियाको खाली ठाउँमा नेपालको झन्डा लगाउने तयारीमा

विराटनगर । दुहबी नगरपालिका ४ स्थित मंगलबार हटिया लाग्ने खाली ठाउँमा ठुलो नेपालको झन्डा लगाउने भएको छ । सुनसरीको दुहबी ४ निवासी स्थानिय युवा अभियन्ता सुजित बस्नेतले मंगलबार हटिया लाग्ने स्थानको खाली ठाउँमा ठुलो नेपालको झन्डा लगाउने बताएका छन् । बढ्दो सामाजिक संजालको प्रयोग र त्यसबाट नाकारात्मक असर अहिलेका बालबालिकामा परिरहेको छ । आफ्नो देश […]

बालकृष्ण खाँणलाई भेटिन् मञ्जुले

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!