इटहरीमा आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख २२, २०७८

इटहरीमा ५० शैयाको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो । इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको ब्यवस्था गरिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा हुने छ । खानपानको ब्यवस्थाका लागि प्रक्रिया पूरा गरेर आइसोलेसन संचालनमा ल्याइने उपमहानगर स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले वताउनुभयो । आइसोलेसनमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने छ । ।

 

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
प्राविधिक/न्यूज डेक्स :  डुमरलाल मेहता

प्राविधिक:                      रुचि साह

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418