बर्जुको ४४ वटै बालविकास केन्द्रलाई साइकल हास्तान्तरण

डुमरलाल मेहता सोमबार, भाद्र ०७, २०७८

सुनसरी । बर्जु गाउँपालिकामा साइकल वितरण गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गरि साइकल वितरण गरेको हो । गाउँपालिका भित्र रहेको ४४ वटै बाल विकास केन्द्रलाई गाउँपालिकाले साइकल उपलब्ध गराएको सन्तोष बन्जराले जानकारी दिए । आज हामी सबै बालविकास शाखालाई साइकल हस्तान्तरण गरेको हो । उनीहरुलाई बालविकास केन्द्रसम्मा जानआउन सहज होस् र खासगरी प्रोत्साहित गर्नका लागि गाउँपालिकाले निर्णय गरेर साइकल उपलब्ध गराएको गाउँपालिकाको अध्यक्ष रघुनन्दन चौधरीले बताए । बालबालिकाहरुलाई पनि अध्ययन गर्न सजिलो होस् र प्रोत्साहित गर्नका लागि खेलकुदको सामग्री लगायतको समान उपलब्ध गराएको अध्यक्ष चौधरीले जानकारी दिए ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
प्राविधिक/न्यूज डेक्स :  डुमरलाल मेहता

प्राविधिक:                      रुचि साह

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418