संविधान संसोधन आवश्यक :अध्यक्ष यादव

२००७ सालदेखी काग्रेंस र कम्यूनिष्टलाई विश्वास गर्दै आएका जनताले धोका पाउदै आएको छ : जसपाका अध्यक्ष यादवको भनाइ

डुमरलाल मेहता आइतबार, आश्विन ३१, २०७८

सुनसरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समान्ता र न्यायका लागि नेपालको संविधान संसोधन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष यादवले आईतबार सुनसरी सदरमुकाम इनरुवामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संबिधान निर्माण र जारीदेखी आफूहरुले त्यसमा संसोधनको आवश्यकता औल्याउदै आएको बताउदै संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताउए । उनले संविधान संशोधन गरेर तराईमधेस, पहाड र हिमालसम्मका उत्पिडनमा परेका समुदायको अधिकार सुनिश्चितता गर्नुपर्ने बताए । संबिधानमा गर्ने संसोधन कुनै समुदायको अधिकार खोस्नका लागि नभई सबैको सम्मान पहुच स्थापित र अपनत्व महसुस गराउने कुरा भएको बताए ।
पूर्व उपप्रधान तथा परराष्टमन्त्री समेत रहनुभएका यादवले संविधानमा अहिले पनि मधेशी, मुश्लिम, दलित, आदिवासी, जनजाती, सिमान्तकृत समुदाय लगायतका कतिपय समस्या यथावत रहेकाले संसोधन अनिवार्य आवश्यक रहेको बताए । उनले ती समस्यालाई सच्याएर अघि बढनुपर्ने आवश्यक रहेकोले संविधान संशोधन गरी अघि बढ्नुपर्नेमा जोड दिए । पार्टी सरकारमा गयो भन्दै सबै माग पुरा भयो भनेर नबुझन र समान पहुच, सामाजिक न्याय, समानता र समानुपाकित सहभागिता तथा नागरिकताको सवालमा संविधान संसोधन गर्न दबाव दिईरहेको र अहिले संसद अवरुद्ध भएकाले खुलेपछि सबै सवालमा सम्बोधन गर्ने दावी गरे ।
वहाँले नेपाली काग्रेंस, नेकपा एमाले सहति कम्युनिष्ट पार्टीहरु जनताको एजेण्डा विर्सेकाले सबैको साझा समस्या सम्बोधन गर्ने बैलल्पिक पार्टी जनता समाजवादी पार्टी मात्रै भएकाले देशभर नै पार्टी प्रवेशको नजलहर चलेको र यसले अगामी निर्वाचनमा जसपाको जित सुनिश्चित गर्ने दावी गरे ।
अध्यक्ष यादवले देशको तीनै तह व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा सबैको समान पहुच गराउनका लागि र समाजवादको अनुभुती दिलाउनका लागि संधिवान संसोधन गर्नुपर्ने बताए । उनले २००७ सालदेखी काग्रेंस र त्यसपछि कम्यूनिष्टलाई विश्वास गर्दै आएका जनताले धोका पाउदै आएकाले सुशासन, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रण , समावेसिताका लागि मधेस आन्दोलन भएकोले त्यसको केही माग सम्बोधन भएपनि अझै पनि संघीय संरचना, समावेसीको पहुच र प्रतिश्चमा सुधार, नेपालमा जन्मेर अनागरिक भएकाहरुलाई नागरिकताको लागि जसपाले सर्घष जारी राखेको बताए ।
हरेक क्षेत्रमा समावेशी समानुपातिकलाई ख्याल नगरेकाले त्यसको सुनिश्चिता गर्नुपर्ने यादवले जानकारी दिए । छलछाम र जालझेल गरी ल्याइएको संविधानमा धेरै कुरा संसोधन गर्न जरुरी रहेको बताए ।
सवै नागरिकको राज्यमा समानजकन सभागिता नभएसम्म देशमा समृद्धि हुन नसक्ने समेत उनले टिप्पणी गरे । फरक प्रसंगमा यादवले नेपल विश्वकै धेरै मुलुक मध्येको सुन्दर मुलुक भएकाले उनको स्रोधलाई उपयोग गरेर दाता देश बन्न सक्ने जिकिर गरे । उनले आफू परराष्टमन्त्री भएको बेला विदेश भ्रमण गर्दा अरुको भन्दा आफ्नै देशमा धेरै विकासका सम्भावना रहेको अनुभवन गरेको वताए । उनले कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गरेर, जलस्रोतलाई विधुतमा परिणत गरेर र प्रयटनलाई विदेशीहरुको माझ व्यवपार बनाउन सक्ने गरी विकास गर्न सक्ने बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार भुवनेश्वर यादव, केन्द्रिय सदस्य डा. खालिद हुसेन, शिवबहादुर बस्नेत, इनरुवा उपाध्यक्ष महानन्दन यादव, युवा नेता दिलिप साहु, पार्टीका जिल्ला अध्यक्ष भगिरथ खत्वे सहितकाले बोलेका थिए । त्यसैगरी कार्यक्रममा पार्टीका प्रदेश सदस्य मनोज यादव, मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष राजेन्द्र साह, पूर्व शिक्षक नविनचन्द साह, राष्टिय शिक्षक समाजका अध्यक्ष , पार्टीका जिल्ला उपाध्यक्ष रघुनाथ मेहता, भोक्राहा नरसिंह पार्टी अध्यक्ष महेन्द्र यादव, वडा अध्यक्ष सुकदेव यादव, युवा नेता अभिनन्द यादव, देवराम यादव, रामकुमार यादव, सदानन्द यादव, देवकृष्ण मेहता, राजकुमार मेहता सहितका सयौ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!