
काठमाडौँ,३ भदौ : अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक […]
दोस्रो पथरीशनिश्चरे गोल्डकप कात्तिक १५ देखि सुरु हुने पथरी, मोरङ – पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्रस्तावित पथरी रंगशालामा आयोजना हुने भएको छ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो। क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार […]
विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ मोरङको आयोजनामा सम्पन्न क्यान प्रिमियर लिग 2025 मा नेशनल टेक चेलेन्जरस विजेता घोषित भएका छन्। प्रतियोगिता विराटनगरको द स्पोर्ट्स हब मा भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगितामा मोरङलाई कार्यक्षेत्र बनाएर आई.सि.टी. क्षेत्रमा सक्रिय ५० भन्दा बढी व्यवसायी र कर्मचारीहरूले भाग लिएका थिए। सात समूहमा विभाजित टोलीमध्ये नेशनल टिच […]
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । विराटनगर किंग्सका खेलाडी सन्दिप लामिछानेले मंगलबार जर्सि सार्वजनिक गरेका हुन् । विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरे । त्यसैगरी द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ […]
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ । सरकारले यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले उल्लेख गरेको छ । ‘‘यस ऐतिहासिक कदमका लागि नेपाल […]
विराटनगर । एतिहासिक बर्जु तालमा लागिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । सुनसरीको बर्जु गाउपालिका वडा नं. ६ चिमडी बर्जु तालमा बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा हुने पाचौं बर्जु महोत्सवको तयारी पुरा भएको बर्जु सामुदायिक विकास केन्द्रको अध्यक्ष श्रवन चौधरीले बताउनुभयो । आज आयोजकले पत्रकार सम्मेलनको कार्यक्रममा सो कुरा बताउनुभयो । बर्जु तालमा पाँचौं […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो। लामिछानेले मुलु्की अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम कसुर गरेको पुष्टि भएकाले ८ वर्ष जेल र ३ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसैगरी पीडितलाई क्षतिपूर्तिस्वरुप […]
विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिताको फाइनलमा महेन्द स्कूल र लक्ष्मी स्कूल जहदा प्रवेश गरेको छ ।नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगर– ६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको खेलमा विजयी हुँदै महेन्द्र स्कूल र लक्ष्मी स्कूल फाइनलमा प्रवेश गरेको हो […]
विराटनगर ।अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विराटनगरमा महिला लक्षित प्याडिलक्स गल्र्स ह्विल्स प्रतियोगिता हुने भएको छ । राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राईम राउन्ड टेबल १०ले मार्च ११ तारिक अर्थात फागुन २४ गते प्याडिलक्स गल्र्स ह्विल्स प्रतियोगिता गर्न लागेको हो । विराटनगरमा आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले प्याडिलक्स गल्र्स ह्विल्स प्रतियोगितामा एक सय स्कुटर सहभागी […]