कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने

भोजराज घिमिरे मंगलबार, कार्तिक १२, २०८२

कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने·

पथरी मोरङ  ११ गते।
आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म मोरङको पथरी शनिश्चरेमा “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन मङ्गलबार हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले गोल्डकपलाई नगरको पहिचानसँग जोडिएको महत्त्वपूर्ण खेलकुद उत्सवको रूपमा उल्लेख गर्दै यसको सफलताका लागि नगरवासी सबैलाई सहयोग गर्न आग्रह गरे।

आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार उद्घाटन खेल सलहेश युवा क्लब र भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लबबीच हुनेछ। विकले काठमाडौंका ए–डिभिजन लिगका तीन टोली सहित स्थानीय क्लबहरूको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।

विजेता टोलीले रु. ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु. २ लाख ५० हजार नगदसहित ट्रफी पाउनेछ। प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहनस्वरूप विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको दोस्रो खेल इन्ट्रा पथरी–११ फुटबल क्लबब्रिगेड बोइज क्लब ललितपुरबीच हुनेछ। तेस्रो खेलमा कार्तिक १७ गते संकटा क्लबपाँचथर फुटबल क्लब, र चौथो खेलमा १८ गते एनआरटी फुटबल क्लबझापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, अखिल नेपाल फुटबल संघ मोरङका सञ्जीव बुढाथोकी, क्लबका कोच अर्जुन बस्नेत, सचिव केशर थुलुङ राईलगायतको उपस्थिति रहेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!