‘पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’

Bibek Mehta सोमबार, साउन ११, २०८३

लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
तीन बुँदे माग राखेर उनीहरूले सोमबार विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको स्वीकृत लिनु पर्ने हो ?, लोकसेवाको कार्यातालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए खाउ युवा, स्वकीय सचिव खाउ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’, पदपूर्ति रोक्न पाइँदेन, लोकसेवाको अधिकार खोस्न पाइँदैन लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।

मुख्य सचिवको अध्यक्षतामा ४ साउनमा बसेको सचिवस्तरीय बैठकले गरेको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने, करार सेवामा कार्यरत कर्मचारीहरू मध्ये उत्कृषट कार्यसम्पादन गरेका अधिकतम १० प्रतिशत कर्मचारीलाई स्पष्ट, वस्तुगत र पारदर्शी मापदण्डका आधारमा व्यवस्थापन गरी बाँकी ९० प्रतिशत पदमा लोकसेवा आयोग मार्फत खुला निष्पक्ष र प्रतिस्पर्धात्मक रूपमा स्थायी पदपूर्ति गरियोस्, लोकसेवा आयोगको विद्यमान उमेरहद यथावत कायd गरियोस् लगायतका माग समेत उनीहरूले राखेका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!