धनगढी, १० साउन : खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उहाँ साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया अनुस्का बोहरासँग खोलामा नुहाउन जानुभएको थियो। टेकेन्द्र डुबेपछि साथीहरूले नै घरमा पुगेर उहाँकी आमा पुष्पालाई खबर गरेका थिए।
आमाले डुबेका छोरालाई खोलाबाट निकालेर उपचारका लागि घोडाघोडी अस्पताल पुर्याए पनि दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो