अयोध्यामा श्रीरामको प्राण प्रतिष्ठा : नेपालका विभिन्न स्थानमा उत्सव

विराटनगर । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् । यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन […]

पाचौं बर्जु महोत्सवको तयारी पुरा

विराटनगर । एतिहासिक बर्जु तालमा लागिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । सुनसरीको बर्जु गाउपालिका वडा नं. ६ चिमडी बर्जु तालमा बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा हुने पाचौं बर्जु महोत्सवको तयारी पुरा भएको बर्जु सामुदायिक विकास केन्द्रको अध्यक्ष श्रवन चौधरीले बताउनुभयो । आज आयोजकले पत्रकार सम्मेलनको कार्यक्रममा सो कुरा बताउनुभयो । बर्जु तालमा पाँचौं […]

जनकपुरमा ९५ क्वीन्टल अन्नबाट बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित रंगभूमि मैदान ९बाह्र बिघा० मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले […]

बर्जुमा विवाह पञ्चमी मैथिली महोत्सव सम्पन्न

विराटनगर । विवाह पञ्चमी मैथली महोत्सव २०८० सम्पन्न भएको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको रामसिता विद्यालयमा विवाह पञ्चमी मैथली महोत्सव भएको थियो । बर्जु गाउँपालिकाको सहयोग र अप्पन विराटगढ परोपकार समाजको आयोजनामा सो मैथली महोतसव सम्पन्न भएको हो । विवाह पञ्चमीको सन्दर्भ पारेर कार्यक्रम गरिएकाले महोत्सवमा अधिकांशरुपमा मिथिलाकी छोरी सिता […]

जितिया पर्वको अवसरमा निकाल्यो देवानगञ्जमा कलश यात्रा

विराटनगर । महिलाहरूको महान् जितिया पर्व सुरु भएको छ । बिहीबार तथा आज देखि सुरु भएको जितीया पर्वको अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं.६ मा रहेको जितवाहान बाबा मेला समितीले आज झाँकी सहितको कलश यात्रा निकालेको छ । जितवाहन बाबा मेला समितीको आयोजनामा आज सयौँ व्रतालु र स्थानियहरुको सहभागितामा निकालेको कलश यात्रा जितवाहन बाबा मन्दिरबाट […]

श्रीमद्भागगवत सप्ताह ज्ञान महायज्ञमा ३२ लाख बढी दाताहरु द्धारा दान

विराटनगर । श्रीमद्भागगवत सप्ताह ज्ञान महायज्ञ तथा कथा प्रवचन सम्पन्न भएको छ । सुनसरीको देवानगञ्जमा श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजनामा श्रीमद्भागगवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ शुक्रवार सम्पन्न भएको छ । असोज ५ गतेदेखि सुरु भएको महायज्ञ शुक्रवार १२ गते समापन भएको श्री दुर्गा मन्दिर व्यवस्थापन समितिको सचिव बेचन खत्वले जानकारी दिनुभयो । उहाँका अनुसार […]

नगर प्रहरी नै परिचालन गरेर काठमाडौंमा ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने तयारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा नगर प्रहरी पठाएर आदिपुरूष प्रदर्शन रोक्ने तयारी गरेको छ । महानगरले नगर प्रहरी पठाएर चलचित्र प्रदर्शन रोक्ने तयारी गरेको हो । पहिला हलहरूलाई प्रदर्शन नगर्न अनुरोध गर्ने, नभए बन्द गराउने मेयरका स्वकीय सचिव भुपदेव शाहले बताउनुभयो । यो हाम्रो संस्कृतिमाथिको आक्रमण हो । प्रदर्शन रोक्न आग्रह गर्ने हो, […]

गढी २ नंम्बर वडालाई बाल विवाह मुक्त वडा घोषणा

विराटनगर । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार गढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा साविक औराबनी गाविस हाल गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गरेको वडा अध्यक्ष प्रभाकर चौधरीले बताउनुभयो । प्लान इन्टरनेश्नल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले […]

गुञ्जिन थाले होलीका गितहरू

विराटनगर : फागु पुर्णिमा नजिकिदै जाँदा अहिले पुर्वी तराईका गाउँहरूमा होलीका गितहरू गुञ्जिन थालेका छन् । गाँउ टोलमा हुने सामान्य किर्तन होस वा अन्य कुनै सांस्कृतिक कार्यक्रम अहिले होलीका गितले स्थान पाउन थालेका छन । गाउँ घरमा डेक साउण्ड बक्स सुन्नेहरूले पनि होलीको गितलाई पहिलो रोज्ने गरेका छन् । यसका अतिरिक्त पुर्वी तराईमा रहेका बिभिन्न […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!