महिला र युवालाई आत्मनिर्भर बनाउँदै ‘हाम्रो प्रयास’को सीपमूलक तालिम सम्पन्न

भोजराज घिमिरे बिहिबार, चैत्र १९, २०८२

विराटनगर — सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–७ को संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँचदिने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
चैत्र १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिम विराटनगर–७ स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। तालिममा २० जना सहभागीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष मधु बाबु तिवारीले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष सावित्री ढकालको सभापतित्वमा सम्पन्न भएको हो।
समापन कार्यक्रममा हाम्रो प्रयासका सल्लाहकार तथा पूर्व महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराला, प्रदेश परिषद् सदस्य तथा पत्रकार बिनोद सुवेदी, पत्रकार भोजराज घिमिरे, वडा नं. ७ का जनप्रतिनिधि तथा संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रविशा ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने स–सचिव प्रमिला कर्णले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
तालिमअन्तर्गत सहभागीहरूलाई नुहाउने अर्गानिक साबुन, सर्फ, झोल साबुन, फिनेल तथा हार्पिक उत्पादनसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको थियो। साथै कच्चा पदार्थको सही प्रयोग, मापन विधि, गुणस्तर नियन्त्रण तथा बजार व्यवस्थापनबारे समेत जानकारी दिइएको आयोजकले जनाएको छ।
संस्थाकी अध्यक्ष सावित्री ढकालले कार्यक्रमको उद्देश्य महिला तथा युवालाई आत्मनिर्भर बनाउँदै साना उद्यममार्फत आयआर्जनका अवसर सिर्जना गर्नु रहेको बताउनुभयो।
प्रमुख अतिथि वडा अध्यक्ष तिवारीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै सामूहिक रूपमा उद्योग सञ्चालन गर्न सुझाव दिँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी अधिवक्ता रुपेश कोइरालाले ‘हाम्रो प्रयास’ले सञ्चालन गर्दै आएका सीपमूलक कार्यक्रमहरूको प्रशंसा गर्दै यसअघि तालिम लिएका सहभागीहरूले उत्पादन गरेका सामग्री गुणस्तरीय रहेको अनुभव साझा गर्नुभयो।
तालिमको संयोजन गीता पोख्रेलले गर्नुभएको थियो भने प्रशिक्षकका रूपमा मिरा देवी आचार्यले सहजीकरण गर्नुभएको थियो। आचार्यले आफू पनि यसै संस्थाबाट तालिम लिएर प्रशिक्षक बनेको प्रेरणादायी अनुभव कार्यक्रममा सुनाउनुभयो।
कार्यक्रमको समापनमा प्रमुख अतिथि तिवारीलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
संस्था हाम्रो प्रयासले यस्ता सीपमूलक तालिममार्फत समुदायस्तरमा उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!