रेडस्टार माध्यमिक विद्यालयको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

भोजराज घिमिरे सोमबार, फाल्गुण १८, २०८२

पथरी शनिश्चरे — रेडस्टार माध्यमिक विद्यालय/कलेजको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ अन्तर्गत दोस्रो दिनको कार्यक्रम शनिबार बिहान ९ बजेदेखि विद्यालयको सिनियर ब्लकमा विविध सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमसहित भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल टि.एन. तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
प्रमुख अतिथिको आगमनसँगै मार्चपास, राष्ट्रिय गान तथा दीपप्रज्वलन (गमलामा पानी हालेर उद्घाटन) गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो। शिक्षक वसन्त मादेनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले गीत, नृत्य, कविता, भाषण, नाटक, र्याम्पवाक, मिमिक्री लगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। लिम्बु, तामाङ, थारु, नेवारी लगायत विभिन्न जातीय सांस्कृतिक नृत्यहरूले दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो। “मेरो एउटा सपना छ” र “रात चिन्या भानु” शीर्षकका नाटकहरू समेत प्रस्तुत गरिएको थियो।
अभिभावकहरूका लागि आयोजित खेलकुद प्रतियोगिताहरू—हाजिरीजवाफ, हाँडी फोड, छिटो खाने, म्युजिकल खेल, मेमोरी गेम, भलिबल आदिका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो। साथै विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो। ४ GPA ल्याउने तथा उत्कृष्ट GPA हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। विशिष्ट अतिथि तथा प्रमुख अतिथिले विद्यालयको प्रगति र शैक्षिक योगदानको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अन्त्यमा सभापति टि.एन. तिम्सिनाले विद्यालयको प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्दै औपचारिक रूपमा कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!