हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, असोज २६ गते मोरङको पथरी शनिश्चरे–१ स्थित वडा कार्यालयलाई सञ्चालनमा सहजता ल्याउनका लागि हाम्रो फाउन्डेशन, पथरी शनिश्चरेले आवश्यक फर्निचर तथा सामग्री हस्तान्तरण गरेको छ। शनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित रहँदै शंकराचार्य गिरीले हालैको “जिन्जी” […]
महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा नयाँ समिति विराटनगर, भदौ २५ – महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। सोमबार विराटनगरमा आयोजित महिला उद्यमी भेलामा महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको उपस्थितिमा समिति गठन गरिएको हो। समितिमा उपाध्यक्षमा सुशीला सापकोटा, सचिवमा सपना रिजाल, कोषाध्यक्षमा […]
कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, फ्याक्ट्री र कवाडीमा बिक्री हुने गरेको खुलासा भोजराज घिमिरे, विराटनगर, साउन २० कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा श्रृंखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्दै आएका गिरोहका १२ जना प्रहरीको फन्दामा परेका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीका अनुसार चोरीमा संलग्न ७ जना र चोरी […]
मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन भोजराज घिमिरे, विराटनगर, साउन १८ मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् […]
औद्योगिक क्षेत्र स्थापनामा सरकार उदासीन : उद्योगीको गुनासो विराटनगर, साउन १४ – विराटनगरका उद्योगीहरूले औद्योगिक पूर्वाधार निर्माणप्रति सरकारले अपेक्षित चासो नदेखाएको गुनासो गरेका छन्। बुधबार उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रियामा उनीहरूले निजी क्षेत्रको लगानी एकातिर, सरकारको लगानी अर्कोतिर भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका उद्योगीहरूलाई पूर्वाधार निर्माणमा […]
विराटनगर । देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ८८ लाख ६५ हजार ४१० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिका उपाध्यक्ष विभा यादवले गाउँसभा समक्ष बजेट प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, कृषि आत्मनिर्भरता, सामाजिक सुरक्षा तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। कृषिमा ठूलो लगानी, ‘खुसी किसान देवानगञ्जको पहिचान’ […]
विराटनगर । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना सोकेसिङ गरिने कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताउनुभयो । ती परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ […]
विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित श्री हरिनगर माध्यमिक विद्यालयले आफ्नो ७२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा स्थानीय तथा प्रदेशस्तरीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वि.सं. २००९ मा स्थापना भएको यस विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै हजारौं विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेको छ। सुनसरी जिल्लाको दक्षिणी […]
विराटनगर । विराटनगरको ऐतिहासिक एवं शैक्षिक दृष्टिले महत्वपूर्ण आदर्श माविले आफ्नो ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार आयोजित विशेष समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पछिल्ला वर्षहरूमा हासिल गरिएको प्रगतिप्रति वक्ताहरूले प्रशंसा व्यक्त गरेका थिए। समारोहका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षामा विशेष ध्यान दिन विद्यालयलाई सुझाव […]