भोलि देखि कोशी प्रदेशमा हुने लगानी सम्मेलनको तयारी पुरा

डुमरलाल मेहता बुधबार, बैशाख १७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना सोकेसिङ गरिने कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताउनुभयो । ती परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

लगानी सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूको उपस्थिति रहनेछ। स्वदेशका प्रतिष्ठित उद्योगपतिहरूको समेत सहभागिता रहने छ ।
लगानीलाई प्रोत्साहन गर्न आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको कोशी प्रदेशका आन्तरिम मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले बताउनुभयो । संघीय सरकारसँगको सहकार्यमा अन्य कानुनी अवरोध हटाउने प्रयास भइरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।

सम्मेलनमा कृषि र पर्यटनको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसरबारे विषयगत छलफलहरू सञ्चालन हुनेछन्। पहिलो दिनको मुख्य सत्रमा तीन तहका सरकारहरूबीचको समन्वय र लगानीमैत्री वातावरणबारे विशेषज्ञ तथा जनप्रतिनिधिहरूले धारणा राख्नेछन्।

प्रदेश सरकारले लगानी सम्मेलनलाई नतिजामुखी बनाउने उद्देश्यले सम्मेलनअघि प्री मिट तथा सम्मेलनपछि फलोअप मिटिङहरू सञ्चालन गर्ने रणनीति तय गरेको छ। परियोजनामा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्ने नीति लिइएको कार्यकारी निर्देशक कोइरालाले जानकारी दिनुभयो ।

संघीयता कार्यान्वयनपछि प्रदेश सरकारको तहबाट पहिलोपटक आयोजना हुन लागेको यो लगानी सम्मेलन ऐतिहासिक र उपलब्धिमूलक हुने प्रदेश सरकारको जानकारी दिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!