महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा नयाँ समिति

भोजराज घिमिरे सोमबार, साउन २७, २०८२

महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा नयाँ समिति

विराटनगर, भदौ २५ – महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। सोमबार विराटनगरमा आयोजित महिला उद्यमी भेलामा महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको उपस्थितिमा समिति गठन गरिएको हो।

समितिमा उपाध्यक्षमा सुशीला सापकोटा, सचिवमा सपना रिजाल, कोषाध्यक्षमा सरदा तामाङ रहेका छन्। सदस्यमा सुष्मा पौडेल, तारा बाँस्कोटा, चन्दा लिम्बू, माया गुरुङ र नीलम भट्टराई रहेका छन्। पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय अध्यक्ष ज्ञवालीले पद तथा गोपनियताको शपथ गराइन्।

अध्यक्षको जिम्मेवारी सम्हालेकी कृति श्रेष्ठ उपाध्यायले महिला उद्यमशीलता प्रवर्द्धन, क्षमता विकास, बजार विस्तार तथा नीति निर्माणमा पहुँच अभिवृद्धिमा आफ्नो नेतृत्व सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।

केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले नवगठित समितिले महिला उद्यमशीलता प्रवर्द्धन, सञ्जाल विस्तार र क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्दै बढ्दो युवा पलायन रोक्न साना तथा मझौला उद्यमीहरूलाई विशेष प्रोत्साहन गर्न सरकारसँग आग्रह गरिन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा महिला उद्यमी संघ मोरङले नवप्रवर्तनशील सोच र सफल व्यावसायिक पहलमार्फत समाजमा सकारात्मक प्रभाव पार्न सफल ९ जना नवद्यमीहरूलाई सम्मान गरेको थियो।

सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहनकुमार सुवेदीले ऊर्जाशील सोच र स्पष्ट दृष्टिकोण भएका युवाहरू नै प्रदेश र राष्ट्रको समृद्धिको आधार हुने उल्लेख गर्दै, युवाको क्षमता र सिर्जनशीलतालाई उपयोग गर्दै उद्यम, रोजगारी र नवप्रवर्तनको क्षेत्रमा ठोस कार्यक्रम ल्याउन प्रदेश सरकार तयार रहेको बताए। उनले ‘उदय परियोजना’ मार्फत भदौको अन्तिम सातादेखि युवालाई विनाधितो ऋण वितरण सुरु हुने र स्थानीय कच्चा पदार्थबाट बनेका उत्पादनलाई उपहारका रूपमा प्रवर्द्धन गर्ने योजना अघि बढाइएको जानकारी दिए।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, महिला उद्यमी सुनिता छाहाराङ, युवा उद्यमी दिनेशभक्त श्रेष्ठ, चाँद बाबु इराकी लगायत विभिन्न क्षेत्रका युवा उद्यमी, सामाजिक अभियन्ता र विद्यार्थीहरूको सहभागिता थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!