बर्जु गाउँपालिकाले १६औं गाउँ सभा सम्पन्न ५९ करोड १३ लाखको बजेट सार्वजनिक

डुमरलाल मेहता मंगलबार, आषाढ १०, २०८२

विराटनगर । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ।

गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी गाउँपालिकाको परिकल्पनामा अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्। उनले नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिकाको नीति तथा कार्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष नितु चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार बर्जु गाउँपालिकाको प्रमुख नारा “कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन र पूर्वाधार : सुन्दर, समृद्ध बर्जुको आधार” लाई मूर्तरूप दिन बहुआयामिक योजना अघि सारिएको छ। नीति तथा कार्यक्रम गाउँपालिकाको आवधिक योजना, स्थानीय आवश्यकता र संविधानको मर्म अनुरूप तयार गरिएको हो।
सभामा जनाइएको अनुसार, गत आर्थिक वर्षमा प्राप्त आम्दानी लक्षअनुसार नपुगेको र समानीकरण अनुदानमा पनि कटौती भएकोले केही योजनाहरूको भुक्तानीमा समस्या उत्पन्न भएको जानकारी दिइयो। आउँदो विशेष सभामा अघिल्लो वर्षको सटिक आम्दानी–खर्च विवरण प्रस्तुत गरिनेछ।

गाउँसभामा सामाजिक विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, महिला, दलित, अल्पसंख्यक तथा विपद व्यवस्थापन लगायतका विविध क्षेत्रका लागि छुट्टाछुट्टै समिति र बजेटको व्यवस्था गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!