इस्कोनका लालगोविन्द प्रभुजी भागवत कथा वाचन गर्न विराटनगर आउदै

डुमरलाल मेहता मंगलबार, कार्तिक २७, २०८१

विराटनगर । विराटनगरमा अन्तर्राष्ट्रिय  कृष्णभावनामृत  संघ  (इस्कोन) का लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्ने भएका छन् । इस्कोन विराटनगरले मंसिर १ गते विहान ८ बजे कलश यात्रा र १ गतेदेखि ७ गतेसम्म भागवत सप्ताहको आयोजना गर्न लागेको हो । श्रीमद् महा भागवत विराटनगर – २ को तीनपैनी स्थित खाटु श्याम मन्दिरमा हुने भएको छ । उहाँले हिन्दी भाषामा भागवत् कथा वाचन गर्नुहुनेछ । पेशाले सफ्टवेयर कम्प्युटर इन्जिनियर भएपनि आफ्नो गहिरा र प्रेरणादायक प्रवचनहरुले देश तथा विदेशमा परिचित हुनुहुन्छ ।
मंगलबार पत्रकार सम्मेलन गरी सम्पुर्ण परिवारको कल्याण तथा सम्पुर्ण पितृको उद्धारका लागी श्रीमद् महा भागवत् गर्न लागिएको इस्कोन विराटनगरका सचिव भानुभक्त जोसीले जानकारी दिनु भयो ।
तीनपैनीको श्याम मन्दिरको हलमा प्रत्येक दिन दिनको ३ बजेदेखि ७ बजेसम्म श्रीमद् महा भागवत कथा हुनेछ । इस्कोन विराटनगरले भागवत कथालाई भव्य रुपमा सम्पन्न गर्न डा. राहुल सरावगीलाई संयोजकको जिम्मेवारी दिएको छ । भागवत् कथामा  अन्तराष्ट्रिय संगीतकार टोली उपस्थिती रहने ,सांस्कृतिक कार्यक्रम हुने साथै कथा श्रवणमा आउनुहुने सम्पूर्ण भक्तजनहरुलाई प्रसादम वितरण गरिने समेत सचिव जोशी जानकारी दिनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!