जागृती महिला समाजको होली मिलन कार्यक्रम सम्पन्न

डुमरलाल मेहता बुधबार, फाल्गुण २८, २०८१

विराटनगर । जागृति महिला उत्थान समाज कटहरीले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा छ ।हिन्दुहरुको महान पर्व होलीको अवसरमा मोरङको कटहरी गाउँपालिका १ मा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवाराज चौधरीले जागृति उत्थान समाजले गरेको काम सराहनीय रहेको बताएका छन् । सबैको घरमा रङ्गीन, हर्षउल्लासका साथै सबैको घरमा खुशी होस् रङ्गहरुको पर्व हुनाले होली पर्वको शुभकामना दिनुभयो ।
कटहरी १ का वडाध्यक्ष हरिनारायण माझीले होली सहितका सांस्कृतिक पर्वहरुलाई संरक्षण र संवर्धन गर्न वडा कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनुभयो ।

सो अवसरमा सहभागि अतिथि तथा संस्थाका पदाधिकारीहरुले एकआपसमा रङ्ग अबिर साटासाटगर्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए । समाजले संस्कृति संरक्षणका साथै महिला हिंसा न्यूनिकरण तथा महिलाहरुको स्वास्थ्य क्षेत्रमा समेत कामगर्दै आएको समाजकी उपाध्यक्ष स्वस्तिका खाँ थारुले बताउनुभयो ।

कार्यक्रममा कटहरी गाउँपालिका उपाध्यक्ष सीता देवी राजबंशी, जागृति उत्थान समाजका अध्यक्ष सरस्वती यादव माझी लगायतले होली मिलनको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!