पाचौं बर्जु महोत्सवको तयारी पुरा

बर्जु महोतसव पौष २७ गते देखि माघ ११ गतेसम्म लाग्ने

डुमरलाल मेहता बिहिबार, पौष २६, २०८०

विराटनगर । एतिहासिक बर्जु तालमा लागिने बर्जु महोत्सवको तयारी पुरा भएको छ । सुनसरीको बर्जु गाउपालिका वडा नं. ६ चिमडी बर्जु तालमा बर्जु सामुदायिक विकास केन्द्रको आयोजनामा हुने पाचौं बर्जु महोत्सवको तयारी पुरा भएको बर्जु सामुदायिक विकास केन्द्रको अध्यक्ष श्रवन चौधरीले बताउनुभयो । आज आयोजकले पत्रकार सम्मेलनको कार्यक्रममा सो कुरा बताउनुभयो । बर्जु तालमा पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखी माघ ११ गतेसम्म हुने चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार यो पाचौं बर्जु महोत्सव बर्जु ताल  १ नं. गेट छेउमा लाग्ने छ ।


बर्जु तालको ब्यापकरुपमा प्रचारप्रसार र पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले यो पाँचौ बर्जु महोत्सव आयोजना गरिएको छ । बर्जु गाउँपालिका वडा नम्बर ६ को चिमडी बजार नजिकै लाग्ने यो महोत्सवमा दर्जनौ राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कलाकारको जम्वो टोलीमा, मोडल, टिकटक स्टारहरु, कुस्ती खेलाडीहरुको मुख्य प्रस्तुती रहने छ ।
अध्यक्ष चौधरीका अनुसार महोत्सवको आकर्षणको रुपमा मौलिक तथा संस्कृतिक प्रस्तुति, कुस्ती खेल, कमेडी, नृत्यलाई समेत समावेश गरिएको छ । नेपाली तथा भारतीय कुस्ती खेलाडी पहलमानहरुको सहभागितामा कुस्ती खेल संचालन गरिनेछ ।
प्रचारप्रसारका कारण यो बर्जु ताल ओझेलमा रहेको हुदाँ बिगत ४ बर्ष देखि यो बर्जु महोत्सव आयोजनाका कारण ब्यापक रुपमा प्रचारप्रसार भई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आज बर्जु ताल चिनिन थालेको आयोजको दावी छ । हजारौको संख्यामा जाडोयाममा मानिसहरु पिकनिक खान र घुम्न आउने गरिरहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!