दोस्रो पथरीशनिश्चरे गोल्डकप कार्तिक १५ बाट सुरु हुने

भोजराज घिमिरे शुक्रबार, साउन १७, २०८२

दोस्रो पथरीशनिश्चरे गोल्डकप कात्तिक १५ देखि सुरु हुने

पथरी, मोरङ –
पथरीशनिश्चरेमा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्रस्तावित पथरी रंगशालामा आयोजना हुने भएको छ।

पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरिएको हो।

क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार नगद ५ लाख रुपैयाँ र दोस्रो पुरस्कार २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ। प्रतियोगिताको अनुमानित कुल लागत ६० लाख रुपैयाँ रहेको र त्यसअनुसार २० लाख रुपैयाँ मुख्य प्रायोजक तथा ५ लाख रुपैयाँ सह–प्रायोजकबाट संकलन गर्ने लक्ष्य लिइएको जानकारी दिइयो।

कार्यक्रममा क्लबका मुख्य प्रशिक्षक अर्जुन बस्नेत र प्रतियोगिताको पहिलो संस्करणका संयोजक जितन राईले दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने तयारी भइरहेको जानकारी गराए। संयोजक राईका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय युवा प्रतिभा र अन्तर्राष्ट्रिय खेलाडीबीच प्रतिस्पर्धा गराउने रहेको छ।

  1. सो अवसरमा प्रमुख अतिथिका रूपमा सहभागी पथरी शनिश्चरे खेलकुद विकास समितिका संयोजक दीपक राईले प्रतियोगितालाई सफल बनाउन नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

साथै, क्लबले पहिलो संस्करणपछि भएको आम्दानी–खर्च विवरण पनि सार्वजनिक गरेको छ। अध्यक्ष विकद्वारा प्रस्तुत विवरणअनुसार, पहिलो संस्करणपछिको कुल आम्दानी १७ लाख ८५ हजार ८४० रुपैयाँ, कुल खर्च १४ लाख ८१ हजार १५५ रुपैयाँ र हालसम्म बैंकमा ३ लाख ४ हजार ६८५ रुपैयाँ मौज्दात रहेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!