टप टी–२० सिरिज नेपालको पहिलो जित

Radio Nagarik 100.4 MHz मंगलबार, भाद्र ०३, २०८२

काठमाडौँ,३ भदौ : अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  मङ्गलबार भएको चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १८१ रनको चुनौती पछ्याएको हरिकेन्स १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । नेपालको जितमा नन्दन यादव नायक बन्नुभयो । तीन ओभर बलिङ गर्नुभएका नन्दनले १७ रन दिएर पाँच विकेट हात पार्नुभएको हो ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाउनुहुँदा आशिफ शेखले २९ रन जोड्नुभयो। कुशल भुर्तेलले २७ रन बनाउँदा नेपालका लागि लोकेश बमले नटआउट विस्फाेटक ब्याटिङ गर्दै ११ बलमा २५ रन जोड्नुभयो। भीम सार्कीले १८ रन जोड्नुभयो भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको हो।

नेपाललाई सस्तैमा रोक्न हरिकेन्सका लागि निवेथान राधाकृष्णन र राफ म्याकमिलनले दुई, दुई विकेट लिनुभयो।

१८१ रनको लक्ष्य पछ्याएको हरिकेन्सका लागि ब्राडली होपले ३१, चार्ली वाकिम २८ र ज्याक कर्टेन २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्।

होबार्टविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि नन्दन यादवले पाँच विकेट लिँदा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एक, एक विकेट हात पार्नुभयो।नेपालले यसअघि तीन खेलमा लगातार पराजयको सामना गरेको थियो पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले पराजित हुँदा तेस्रो खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो। यो जितसँगै सिरिजमा नेपालले दुई अङ्क जोडेको छ। 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!