देवानगञ्ज-कप्तानगञ्ज घटनाको स्वतन्त्र छानबिन गर्न काङ्ग्रेसको माग

Radio Nagarik 100.4 MHz बुधबार, साउन २०, २०८३

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका हरेक मोर्चामा असफल भएको आरोप लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले सरकारका कमजोरीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो।

पत्रकार सम्मेलनमा वितरित प्रेसनोट अनुसार सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको तनावपूर्ण स्थितिमा राज्यले संयम गुमाएर दमनमा उत्रिएको काङ्ग्रेसको ठहर छ। सरकारले गठन गरेको छानबिन समितिले आफ्ना कमजोरी लुकाउने संशय व्यक्त गर्दै काङ्ग्रेसले स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ।

त्यसैगरी, भदौ २३ र २४ गतेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार मौन रहेको र आरोपित व्यक्तिकै नेतृत्वमा निष्पक्ष अनुसन्धान हुन नसक्ने भन्दै सर्वस्वीकार्य उच्चस्तरीय आयोग बनाउन आग्रह गरिएको छ। काङ्ग्रेसले राहदानी खरिद प्रकरणमा पारदर्शिता नदेखिएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छायामा पार्न खोजिएको र हालै पारित प्रतिनिधिसभा नियमावलीले सांसदलाई कानुनभन्दा माथि राख्ने गैरसंवैधानिक प्रयास गरेको आरोप समेत लगाएको छ।

काङ्ग्रेसका अनुसार विपक्षी र आलोचकमाथि राज्य संयन्त्रको दुरुपयोग गरी डर र त्रास सिर्जना गर्ने काम भइरहेको छ। निजी क्षेत्रमाथि बिनाप्रमाण छापा मारेर आर्थिक वातावरण बिगारेको, खेतीपातीको समयमा किसानलाई मल उपलब्ध गराउन नसकेको, एलपिजी ग्यासको अभाव नियन्त्रण गर्न नसकेको र सुकुम्बासी समस्याको स्थायी समाधान छाडेर डोजर आतङ्क मच्चाइएको विषयलाई पनि काङ्ग्रेसले सरकारको शासकीय लाचारीका रूपमा उल्लेख गरेको छ।

मुलुकको वैदेशिक नीति सञ्चालनमा परिपक्वता नदेखिएको, कूटनीतिक मर्यादा उल्लङ्घन गरिएको र विभिन्न सङ्घसंस्था एवं समुदायसँग गरिएका सम्झौता कार्यान्वयन नगरेर सरकार गैरजिम्मेवार बनेको प्रवक्ता देवराज चालिसेले बताउनुभयो। काङ्ग्रेसले नारा र आश्वासन छाडेर पूर्ण पारदर्शिता र उत्तरदायित्वका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!