स्थानीयद्वारा प्राधिकरणको बितरण केन्द्र घेराउ

Radio Nagarik 100.4 MHz आइतबार, आषाढ ०३, २०८०

कोहलपुर । ४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।

घेराउ गर्न पुगेका स्थानीयले बिद्युत अनियमित्ताबिरुद्ध चर्को रुपमा नारावाजी गरेका छन् । आक्रोशित स्थानीयले चर्को गर्मीमा सडकमैं सुतेर बिरोध जनाएका छन् । स्थानीयले गत जेठ ११ गते बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुखलाई विद्युत नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर माग सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा युवा अभियन्ता साहिल अन्सारीले नेपाल बिद्युत प्राधिकरणले गर्मीयाममा बिद्युत सेवा अनियमित गरी अपराधजन्य काम प्राधिकरणले गरिरहेको टिप्पणी गर्नुभयो ।

युवा अभियनता प्रकाश कुवँरले गैरजिम्मेवार बिद्युतबिरुद्ध नागरिकहरु एक हुनुपर्ने बताउनुभयो । नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको चरम लापरवाहीले आम नागरिकहरुले सास्ति भोग्नुपरेको बताउनुभयो ।

नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि बिद्युत कार्यालयले काम गरिरहेको बताउनुभयो । ज्ञापनपत्रमा नेपालकै बढी गर्मी हुने सहरमध्येको नेपालगञ्जका स्थानीयबासी बिद्युत अनियमित हुँदा दुःख पाएको उल्लेख छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!