काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ । उक्त पार्टीले आज (सोमबार) आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए । अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत […]
काठमाडौँ । दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा […]
विराटनगर । नेकपा (एमाले) त्याग गरेकी रिनाकुमारी साहको मेयर पद गुमेको छ। उनी २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्। उनी एमाले छाडेर पति प्रभु साहको आम जनता पार्टी प्रवेश गरेको एमालेले बताएको छ। एमालेले दल त्यागको जानकारी निर्वाचन आयोगलाई गराएको थियो। राजनीतिक दल […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताउनुभयो । उहाँले कर्तव्य पालना […]
विराटनगर। नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएको छ । प्रथम अधिवेशनबाट खतिवडाले अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई पराजित गर्याे । खतिवडा र ढकालबीचकोे मतान्तर ८२ छ । विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गर्याे । ढकालले ४३० मत प्राप्त गर्यो । प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । उनी […]
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०र८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी रहेको स्वास्थ्यमन्त्री […]
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको छ। प्रभात फेरि कार्यक्रम सँगै राष्ट्रिय झन्डा तोलन र जनप्रतिनिधि , कर्मचारी तथा विभिन्न राजनीतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवस मनाइएको हो । बुधबार संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालयबाट “संविधान दिवस सफल पारौं” भन्ने मुल नाराका साथ र्याली सहित चिरौली चौक परिक्रमा गरेर […]
विराटनगर । संविधान दिवसको अवसरमा सुनसरीको झुम्का कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ४४ जनाको कैद मिनाहा भएको छ । राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको झुम्का कारागार कार्यालयले जानकारी दिनुभयो । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले स्थानीय प्रशासनको सिफारिसको आधारमा कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै […]