भोक्राहामा हर्सोल्लासका साथ मनाईयो संविधान दिवस

Radio Nagarik 100.4 MHz बिहिबार, आश्विन ०४, २०८०

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भब्यताका साथ संविधान दिवस मनाइएको छ। प्रभात फेरि कार्यक्रम सँगै राष्ट्रिय झन्डा तोलन र जनप्रतिनिधि , कर्मचारी तथा विभिन्न राजनीतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम गरि संविधान दिवस मनाइएको हो ।
बुधबार संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालयबाट “संविधान दिवस सफल पारौं” भन्ने मुल नाराका साथ र्याली सहित चिरौली चौक परिक्रमा गरेर संविधान दिवस मनाइएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनतास्नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै संविधान दिवस मनाइएको बताउनुभयो ।


उक्त कार्यक्रममा विकासप्रेमी प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दैस वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै संविधान दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाइएको बताउनुभयो ।
यता वडा नम्बर १ को कार्यालय अगाडि दिप प्रजलन गरेर हर्सोल्लासका साथ सविधान दिवस मनाएको छ ।
वडा नं १ स्थित रहेको सिंहवाहिनी युवा क्लब, रुटिन अफ भोक्राहा नरसिंह र प्रविन बिज भण्डारको सहयोगमा काली मन्दिरको अगाडि दिल प्रजलन गरेर सविधान दिवस मनाएको हो।

भोक्राहा नरसिंह गाँउपालिका वडा नं १ स्थिति रहेको कालि मन्दिरको अगाडी बुधवार साँझमा दिप प्रजलन गरेर २०८० सालको संबिधान दिवस मनाएका हुन। वडा नम्बर १ का कार्यालयले पनि छुट्टाछुट्टै रूपमा सविधान दिवस मनाएको वडा अध्यक्ष लक्ष्मण मेहताले जानकारी दिनुभयो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!