कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । सिटौला ७३० मत अन्तरले विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका सिटौलाले विपक्षी नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभयो । प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५ हजार २९२ मत प्राप्त गर्नुभएको छ । […]

थारू संस्कृति ठूलो सम्पति भएकोले कोशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताउनु भएको छ । थारू कल्याणकारणी सभाले आज मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनु भएको हो । थारू संस्कृतिलाई गौरवपूर्ण बनाउँदै यसको अन्तर्राष्ट्रियकरण गर्न उहाँले […]

पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री जबेगुकाे नेतृत्वमा तीन सदस्यीय समिति गठन

विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पाैडेल रहने निर्णय भएकाे सरकारका प्रवक्ता एवं […]

मन्त्री उप्रेतीको पहलमा एक सय विद्यार्थीलाई स्वेटर र टोपी वितरण

विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्वेटर र टोपी वितरण गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका जनसमुदायसँग भेट […]

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ। बुधबार जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको हो। लामिछानेले मुलु्की अपराध संहिता २०७४ को दफा २१९  (३) (ङ) बमोजिम कसुर गरेको पुष्टि भएकाले ८ वर्ष जेल र ३ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसैगरी पीडितलाई क्षतिपूर्तिस्वरुप […]

संघीय सरकारले प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसकाे पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धथा जनाएकाले त्यसकाे तयारीमा जुट्न निर्देशन दिएका हुन् […]

नेतामुखी विकास राेकाैं, प्रदेशमुखी गराैं : मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतामुखी विकास राेक्न र प्रदेशमुखी विकासका लागि याेजना बनाउन निर्देशन दिएका छन् । संघीय सरकारमा समपुरक र विशेष अनुदानका लागि काेशी प्रदेशले कस्ता याेजना प्रस्ताव गर्ने विषयक छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले नेतामुखी विकासले निरास भएका युवा तथा समग्र प्रदेशवासीमा आशा जगाउने याेजना ल्याउन निर्देशन दिएका हुन् । ´उद्याेग […]

गृहमन्त्री आफैं पुगेर छुटाए जनमत पार्टीका नेता-कार्यकर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैं महेन्द्र पुलिस क्लब पुगेर जनमत पार्टीका नेताकार्यकर्तालाई छुटाउनुभएको छ । उक्त पार्टीले आज (सोमबार) आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’को र्‍याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गरेपछि र्‍यालीमा सहभागी नेता कार्यकर्ता गिरफ्तार भएका थिए । अध्यक्ष सीके राउत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, सांसद अब्दुल खान लगायत […]

भारतले थप निर्यात अनुमति नदिएपछि दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर जादै

काठमाडौँ । दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!