पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री जबेगुकाे नेतृत्वमा तीन सदस्यीय समिति गठन

Radio Nagarik 100.4 MHz शनिबार, माघ ०६, २०८०

विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ ।

प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पाैडेल रहने निर्णय भएकाे सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् ।

प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशकाे नाम ´काेशी` पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पून: नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दाेलनरत छन् । उक्त आन्दाेलनका क्रममा आन्दाेलनरत पक्षका पदम लिम्बूकाे मृत्यू हुनुका साथै कडा आन्दाेलन गर्दै आएका छन् ।

मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरकाे माग र मुद्दा सम्बाेधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रकाे विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षकाे बजेटमा व्यवस्था गरेका हुन् । किरात सभ्यतालाई शीरमा राखेर आदिवासी जनजातिकाे पहिचान कायम गर्दै माग र मुद्दा सम्बाेधनका लागि आन्दाेलनरत पक्षसँग वार्ता समिति गठन गरेकाे मुख्यमन्त्री कार्कीले बताएका छन् ।

वार्ता समिति संयाेजक मन्त्री जबेगुले तत्काल समितिकाे बैठक बसेर निर्णय गरी आन्दाेलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताएका हुन् ।

बैठकले प्रदेश आयाेजना बैंक व्यवस्थापन कार्यविधि पहिलाे संशाेधन स्विकृत, केही प्रदेश ऐनलाई संशाेधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने, प्रदेश सांसद विनाेद वान्तबा राईकाे कुटनीतिक राहदानीका लागि सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूकाे निःशुल्क उपचारका लागि काेशी प्रदेश बाल

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!