संघीय सरकारले प्रदेशलाई माघ १५ भित्र प्रहरी हस्तान्तरण गर्छ : मुख्यमन्त्री कार्की

Radio Nagarik 100.4 MHz सोमबार, पौष २३, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसकाे पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धथा जनाएकाले त्यसकाे तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

‘प्रहरी प्रदेशमा आएपछि त्यसकाे सञ्चालन, सरूवा, बढुवाकाे विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुकाे विकल्प छैन ।’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नूहोस् ।` बजेट कार्यान्वयनको लागि द्रुत गतीमा मन्त्रालयकाे कामकाज अगाडि बढाउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन भएमा जनतासम्म सरकार पुगेको महसुस हुने बताएका छन् ।

´विपद जोखिम क्षेत्रको नक्साङ्कनको काम चाँडो सकेर विपद व्यवस्थापनकाे अगाडि बढाउनु हाेस्,` उनले भने, ´नक्साङन पछि हामीले त्यस क्षेत्रका नागरिकलाई विपद् आउनु पूर्व नै सूचित गर्न सकिन्छ । वस्तिलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसकारण विपद्का बेला आत्तिने हाेइन पूर्वतयारीमा जुटौं ।’

मन्त्रालयले प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको नक्साङकन एकीकृत गर्ने काम भइरहेकाे र बाँकी जिल्लाकाे अब चाँडै नक्साङ्कनकाेकाम अगाडि बढाउने तयारी रहेकाे जानकारी गराएका थिए ।

´ट्राफिक सप्ताह हाेइन, सधैं ट्राफिक अभियान चलाउन र सडकमा जोडिएका सिसि क्यामेराहरुको प्रभावकारी अनुगमन गर्नका साथै लागूऔषध नियन्त्रणको क्षेत्रमा गम्भीर भएर काम अघि बढाउनु हाेस्,` उनले भने, ´यस मन्त्रालय मातहत कानून पनि रहेकाले जुनसुकै विधेयक निर्माण गरेपछि पटक पटक पढेर मात्रै मन्त्रिपरिषद्मा लग्नु पर्छ ।`

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!