विपी प्रतिष्ठानको सेवा सुचारु गर्न निकालियो नागरिक दवाव र्‍याली

Radio Nagarik 100.4 MHz आइतबार, माघ १४, २०८०

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ ।

धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको र्‍याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राईले जानकारी दिनुभयो ।

तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी भएका थिए । अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने अध्यक्ष राईले चेतावनी दिएको छ ।

प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण र्‍याली निकालिएको उहाँले बताउनुभयो ।

आम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने बताउनुभयो । ‘धेरैतिरबाट फोन आउँछ, तपाईकै आँगनमा रहेको प्रतिष्ठान खुल्यो’, उनले भने, ‘तर मैले जवाफ दिन सकेको छैन, त्यही भएर आजदेखि आन्दोलन शुरु गरें ।’

उहाँले पार्टीबाट पनि आन्दोलन नगर भन्दै दबाव आएको खुलाउँदै पार्टीले कारवाही गरे व्यवसाय गर्दै बस्छु भन्ने अठोटले सबैको हितको लागि आन्दोलनमा होमिएको बताउनुभयो ।

र्‍याली पछिको कोण सभालाई सम्बोधन गदैं नेकपा एमाले प्रदेश कमिटी सदस्य एंव मजदुर नेता भीमज्वाला राईले प्रतिष्ठानको चिकित्सक, कर्मचारीहरुको बढुवालाई उनीहरुको नियमित कुरा रोक्न नहुने बताउदैं चाढै समस्या समाधान गर्न सुझाए ।

उहाँले स्वास्थ्य संस्थामा राजनीति नगर्न पदाधिकारी, चिकित्सकलगायतलाई सुझाव दिनुभयो । ुयो धरानको सम्पति हो । यसलाई दोहन गर्ने काम ठिक छैन् । प्रतिष्ठानले आफ्ना समस्या समाधान गरेन अव धरानने जनताले प्रतिष्ठानलाई हस्तक्षेप गर्ने छ । उनले भने, विभिन्न पहाडी जिल्लाबाट उपचारमा आएका विरामी अलपत्र छन् । धराने जनताको एक मात्र गहना प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन कसैलाई छुट छैन् । सेवा सुचारी हुनु पर्छ भन्ने जनताको माग हो ।ु

पछिल्लो समय प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीहरूको आन्दोलनले काम उपकुलपति प्राडा।प्रहलाद कार्कीलाई बर्खास्त गर्न माग गर्दै प्रतिष्ठानको उपचार सेवा, पठनपाठन अवरुद्ध हुँदै आएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले यसअघि ताला समेत लगाएका थिए भने दलहरुले प्रधानमन्त्री, मन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेपनि प्रतिष्ठानको समस्या सुल्झिन साथै पार लाग्न सकेको छैन ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!