विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ । आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै […]
काठमाडौं । भारतको लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम धमाधम आउन थालेको छ। भारतीय निर्वाचन आयोगले जनाएअनुसार यो समाचार तयार पार्दासम्म (५ बजे) भारतीय जनता पार्टी (बिजेपी)ले २० ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै बिजेपीको मुख्य प्रतिद्वन्द्वी इन्डियन नेशनल कांग्रेसले ४ ठाउँमा जित हात पारेको छ। त्यस्तै जनता दल ९सेकुलर०ले २, आम आदमी पार्टीले १, शिव सेनाले […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । ६२ सांसद उपस्थित थिए । मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३, जसपाको १ सांसदले गरी ५७ जना सांसदले पक्षमा मत दिएको छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । त्यसैको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएको छ । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएको कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान […]
विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सबै पक्षको सम्मान हुनेगरी पत्रकार महासङ्घको संस्थापकको विवाद टुङ्गो लाग्नुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ -फोनिज_ ले आयोजना गरेको नेपाल पत्रकार महासङ्घको स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान विषयक संवाद कार्यक्रम तथा फोनिज युके पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री […]
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम वि.सं.२०८१ वैशाख […]
विराटनगर । शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ । सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मुरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले […]
विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबार मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् । माओवादी मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कार्की र नारायण बुर्जामगरले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। माओवादीले सोमबारमात्रै प्रदेश सरकारमा बाहिरिने निर्णय गरेको थियो। संघमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको हो।
विराटनगर। सुनसरीका विभिन्न राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गरेको छ । शनिबार सामूहिक रुपमा अपिल जारी गर्दै आन्दोलनरत सबै पक्षलाई आफ्ना सब प्रकारका आन्दोलनका कार्यक्रम फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न आग्रह गरेको हो । तीन दिनदेखि भइरहेको घटनाको छानविन गरी दोषिलाई कारवाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् […]