पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ

भोजराज घिमिरे आइतबार, आश्विन २६, २०८२

पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ
, असोज २६ गते
सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जनकारी दिएका छन्।‎२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसमार्फत ७३ वटा बट्टामा राखिएका ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएर ल्याइएको अनुसन्धानमा खुलेको थियो।

उक्त सुन भन्सारका नासु रेवन्त खड्कासहितको मिलेमतोमा बिक्री गरिएको पाइएको छ। अनुसन्धानका क्रममा महराले सो सुन छुटाउन भन्सारमा दबाब दिएको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको बताइएको छ।

यसअघि सोही मुद्दामा महराका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन्।
प्रहरीले यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!