नेतामुखी विकास राेकाैं, प्रदेशमुखी गराैं : मुख्यमन्त्री कार्की

Radio Nagarik 100.4 MHz सोमबार, पौष २३, २०८०

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेतामुखी विकास राेक्न र प्रदेशमुखी विकासका लागि याेजना बनाउन निर्देशन दिएका छन् । संघीय सरकारमा समपुरक र विशेष अनुदानका लागि काेशी प्रदेशले कस्ता याेजना प्रस्ताव गर्ने विषयक छलफलमा साेमबार मुख्यमन्त्री कार्कीले नेतामुखी विकासले निरास भएका युवा तथा समग्र प्रदेशवासीमा आशा जगाउने याेजना ल्याउन निर्देशन दिएका हुन् ।

´उद्याेग मन्त्रालयमा उद्यम विकास र प्रविधि हस्तान्तरणका लागि आएकाे बजेट जिल्लामा छरेर उद्यम विकास हुन्छ ?,` उनले भने, ´निरिहता नदेखाअैां, सिर्जनात्मक बनाैं । युवाहरूमा आशा जगाउन सिर्जनात्क बन्ने कि नबन्ने ? याे प्रदेशवासीकाे प्रश्न हाे ।` मुख्यमन्त्री कार्कीले याेजना नै छान्ने हाे भने याेजना आयाेगबाट छान्ने कि नछान्ने, कि नेताकाे खल्तिबाट निकालेकाे याेजनामा रमाएर बस्ने भन्दै मन्त्रालयका सचिवहरूलाई प्रश्न गरेका थिए। त्यसैले अहिले याेजना बैंक निर्माण गर्न लागि परेकाे र अब याेजना बैंककाे याेजनामा मात्रै प्राथमिकता क्रममा बजेट विनियाेजन हुने उनकाे भनाइ थियाे ।

´प्रदेशवासी उद्याेगी र धनी भएपछि मात्रै प्रदेश आत्मनिर्भर हुन्छ,` मुख्यमन्त्री कार्कीले भने, ´त्यसैले उद्याेगीलाई आकर्षित गर्ने र प्रविधि हस्तान्तरण गर्ने बजेटलाई उपयाेग गराैं ।`नयाँ आकर्षक याेजना नबनाउने तर भएकाे बजेटमा लुछाचुडी गरिरहने भन्दै उनले सचिवहरूलाई प्रश्न गरेका हुन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!