नगर प्रहरी नै परिचालन गरेर काठमाडौंमा ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने तयारी

Radio Nagarik 100.4 MHz आइतबार, आषाढ ०३, २०८०

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा नगर प्रहरी पठाएर आदिपुरूष प्रदर्शन रोक्ने तयारी गरेको छ । महानगरले नगर प्रहरी पठाएर चलचित्र प्रदर्शन रोक्ने तयारी गरेको हो ।

पहिला हलहरूलाई प्रदर्शन नगर्न अनुरोध गर्ने, नभए बन्द गराउने मेयरका स्वकीय सचिव भुपदेव शाहले बताउनुभयो । यो हाम्रो संस्कृतिमाथिको आक्रमण हो । प्रदर्शन रोक्न आग्रह गर्ने हो, नमाने नगर प्रहरी परिचालन गर्नेछौं ।

महानगरका प्रमुख बालेन्द्र शाहले चलचित्रमा प्रयोग भएको संवादको विषयमा ध्यानाकर्षण गराउँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र पठाएका थिए । चलचित्र विकास बोर्डले फिल्ममा सीताको जन्म भारतमा भएको भन्ने विवादित संवादलाई हटाएर प्रदर्शन गर्न अनुमति दिएको थियो ।

यसअघि ुजानकी भारतीय छोरी हुन्ु भन्ने संवाद फिल्मबाट नहटाएसम्म नेपालमा फिल्म प्रदर्शन गर्न नदिने सेन्सर बोर्डले अडान लिएपछि आदिपुरुषुको काठमाडौं प्रदर्शन विवादमा तानिएको थियो । बिहीबार नै फिल्मका नेपाल वितरकले उक्त संवाद हटाउन लगाइ फिल्मको जाँचपास अनुमति पत्र लिएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालमा मात्र नभइ भारतमा समेत उक्त संवाद नसच्च्याए उपत्याकामा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्दै फेसबुकमा लेखेपछि आदिपुरुष विवादमा तानिएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!