बालकृष्ण खाँणलाई भेटिन् मञ्जुले

Radio Nagarik 100.4 MHz सोमबार, जेठ ०८, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण गत वैशाख २७ गते पक्राउ परे पनि उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पतिलाई भेट्न गएकी हुन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतले बालकृष्णलाई भेटेर मञ्जु फर्किएको पुष्टि गरे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले मञ्जुलाई पनि मुछेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले २ जेठमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले मञ्जु सम्पर्कमा नरहेको र पतिलाई पनि भेट्न नगएको कारणबारे सोधेका थिए । त्यसको जवाफमा महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताएका थिए ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!