कोशी प्रदेशको कामकाजी भाषा मैथिलीलाई बनाउन माग

डुमरलाल मेहता बुधबार, साउन ३१, २०८०

बिराटनगर । कोशी प्रदेशमा मैथली भाषालाई कामकाजी रुपमा कार्यान्वयन गर्न र जितीया पर्वमा सार्वजनिक बिदा घोषणा गर्न दुई दर्जन भन्दा बढी संघ संस्थाहरुले संयुक्त रुपमा  मुख्यमन्त्री उद्धव थापालाई संस्मरणपत्र बुझाएका छन् ।

मैथली भाषाको संरक्षण र सम्बद्धन गर्दे आएका प्रदेश भरीका २९ वटा संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा नेपाल मरिक डोम समुदाय विकास मंचका अध्यक्ष बालदेव मरिकको हाथबाट मुख्यमन्त्री थापालाई संयुक्त संस्मरणपत्र बुझाएको हो ।

कोशी प्रदेशका तत्कालीन सरकारद्धारा पर्यटन तथा संस्कृती मन्त्री खिनु लड्वा लिम्बुको अध्यक्षतामा ९ सदस्य मैथिली र लिम्बु भाषा मस्यौदा समिती गठन गरी सरकारलाई बुझाएको प्रतिबेदन अनुसार तत्काल व्यवहारिक रुपमा लागु गर्नु पर्ने माग रहेको संस्मरणपत्रमा उल्लेख गरिएको छ ।
कोशी प्रदेशमा दास्रो सबभन्दा बढी बोलीने मैथिली भाषाभाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछि नहट्ने अभियन्ता राम रिझन यादवले बताउनुभयो ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा निर्माण गरिएको कक्षा १ देखि ८ सम्म मातृ भाषामा पठन पाठन गराउनु पर्नेमा स्थानिय सरकारले वेवास्ता गर्दे आएकाले तत्काल मातृभाषमा अध्ययन र अध्यापन गराउन माग समेत संस्मरणपत्रमा गरिएको छ । अभियन्ताहरुले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिई सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने माग समेत रहेको छ ।

संयुक्त संस्मरणपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री थापाले भन्नुभयो नेपाल बिभिन्न जात जाती र भाषा भाषीको साझा घरभएकाले सबैको भाषा र संस्कृतीलाई सम्मान तथा संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए । संयुक्त संस्मरणपत्रमा रहेको माग जायज रहेकाले प्रदेश सरकार कार्यावन्यन गर्न तत्परता देखाउने बताए । उहाँले भन्नुभयो –‘ अगामी प्रदेश सभाको बैठकबाट उठाएको मागलाई संम्बोधन गर्ने प्रक्रिया अघि बढाउने छु। ‘

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!