विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी,कोशी एक्स्पो २०२३ को तयारी पुरा गरेको छ। सोमबार प्रदर्शनी स्थलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै […]
काठमाडौं । सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ परेका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धि मुद्दाको फैसला सुनाउँदै उनको सांसद पद नरहने भएपछि लामिछानेको पक्षमा नाराबाजी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो। लामिछानेका समर्थकले उनको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेपछि प्रदर्शनकारी पक्राउ परेका हुन्।
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदै उत्प्रेषणको आदेशबाट बदर हुने ठहर गरेको छ । सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उहाँको सांसद पद जाने भएपछि राजनीतिक रुपमा पनि तरंग आएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई कम्बल (ब्लांकेट) वितरण गरिएको छ । बढ्दो जाडो र सितलहरलाई मध्यनजर गरि देवनगञ्ज गाउँपालिकाको सहयोगमा अपांगता सामावेशी संस्थाले बुधबार १३० जना अपांगता भएका व्यक्तिहरुलाई कम्मल वितरण गरिएको हो । गाउँपालिकाको ७ वटै वडामा रहेका अपांगता भएका ब्यक्तिहरुलाई जाडोमा केही न्यानोपन दिने प्रयास स्वरुप कम्बल बितरण गरिएको देवानगञ्जका […]
सुनसरी । राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको वराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान वराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो । आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको वराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी […]
काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले (आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा उद्धार कार्यलाई जारी राखेका छन् उद्धार गरिएका शवलाई गण्डकी अस्पतालमा लगिँदै […]
विराटनगर । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सनाखत गर्न थालिएको छ । विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । सेती खोचमा खसेको विमानबाट ३२ वटा शव निकालेर अस्पताल पुर्याएको छ । […]
काठमाडौं । सरकारले भोलि (सोमबार) शोक बिदा दिने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हो । सकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले सो कुराको जानकारी दिनुभयो । बैठकले गरेको निर्णयबारे जानकारी दिनुहुँदै मन्त्री पौडेलले भन्नुभयो, ‘‘घटनाप्रति […]
विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो । विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको जानकारी दिनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसले पनि उम्मेदवारी दिने र देशभरका सबै […]
विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर यता […]