निशुल्क स्वास्थय विमा कार्ड वितरण

Radio Nagarik 100.4 MHz शुक्रबार, जेठ १२, २०८०

विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नि:शुल्क स्वास्थय विमा कार्ड वितरण गरेका छन। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको हो। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले विहिवार गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको योजना गरेर विमा कार्ड वितरण गरेको छ ।
स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको निशुल्क स्वास्थय विमा गर्ने प्रतिबद्धता अनुसार गाउँपालिकाले पहिलोपटक वडा नम्बर ३ का ५० जना घरपरिवार ,दोस्रोपटकमा वडा नम्बर २ र ४ का १५० जना घरपरिवार तेस्रोपटकमा १५० जना गरि जम्मा ३ सय ५० जना घरपरिवारका सदस्यहरु लाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरिएको गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले जानकारी दिनु भएको छ । भने बाकी रहेका ५० जना घरपरिवार लाई असारमाको दोस्रो हप्तामा वितरण गर्ने स्वास्थ विमा संयोजक आलमले जानकारी दिनुभयो ।

स्वास्थय विमा कार्ड वितरण कार्यक्रमका अध्यक्ष भोक्रहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले स्वास्थय उपचार हुन बाट कोइ पनि बन्चित नहोस् । कसैको उपचार नभर अकालमा मृत्यु हुनु हुदैन। भन्ने नै हाम्रो मुख्य उदेश्य रहेको छ । भने हाम्रो भोक्राहा नरसिंह गाउँपालिकाले स्वास्थय ,शिक्षा र कृषि लाई पहिलो प्राथमिकतामा राखेको अध्यक्ष आजादले बताउनुभयो।
कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव , वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,वडा नम्बर ८ का वडा अध्यक्ष उसमान अन्सारी ,स्वास्थय शाखाका हिरा लाल साह लगायत स्वास्थय विमितहरुको उपस्थिति रहेकोे थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!