व्यावसायिक पत्रकारिता आजको आवश्यकता

Radio Nagarik 100.4 MHz सोमबार, जेठ ०८, २०८०

इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ, सिर्जनशील र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ।

नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्कीले सञ्चारकर्मीले सत्य तथ्य समाचार प्रवाह गर्नुपर्ने बताउनुभयो।

उहाँले सूचना र प्रविधिको प्रयोग मार्फत समाजलाई सही सूचना प्रवाह गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो। सूचना र प्रविधिको विकासले विश्वलाई एउटा गाउँको स्वरूप दिएको चर्चा गर्दै उहाँले प्रविधिको दुरुपयोगले समाजमा निम्तिएका विभेदतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

पूर्वअर्थ मन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्कीले जटिल अर्थतन्त्रका बावजुद नेपाल श्रीलङ्का र पाकिस्तानको बाटोमा नजानेसमेत ठोकुवा गर्नुभयो। मुलुकलाई उत्साहका साथअगाडि बढाउने र देशको अर्थतन्त्रलाई लयमा ल्याएर नेपालीको विकास निर्माणको अभिलाषा पूरा गर्न हालको शुक्रबार प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमले बाटो देखाएको दाबी उहाँले गर्नुभयो।

सो कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले विषम परिस्थितिबाट मुलुकअगाडि बढेको वर्तमान अवस्थामा सबै श्रमजीवी पत्रकारबीच एकता अपरिहार्य रहेको चर्चा गर्नुभयो।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!