“सुखी किसान देवानगञ्जको पहिचान” मुल नाराको साथ कृषि विधुतिकरणको योजना सुरू

डुमरलाल मेहता शुक्रबार, जेठ १२, २०८०

विराटनगर। देवानगञ्ज गाउँपालिकामा कृषि विधुतिकरण योजनाको सुरू गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताको पहलमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ गाउँपालिका भरी पुर्ण कृषि विधुतीकरण गर्ने योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनमा विहिवार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वु, कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता र देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले संयुक्त रुपमा उक्त योजनाको शिलान्यास गर्नुभएको हो ।
सिलान्यास कार्यक्रममा मन्त्री लिम्बुले देवनागञ्ज गाँउपालिका र प्राधिकरणको १० करोड रुपियाँको लाग्तमा कृषि विधुतिकरणको कार्य समयमा काम सक्न आग्रह गरेको छ ।

मन्त्री लिम्बुले देवानगञ्ज गाउँपालिकाले कोशी प्रदेशमा मात्रै नभई नेपालमै पहिलो ठूलो योजनाको रुपमा कृषि विधुतिकरणको योजना कार्य गर्न थालेको छ । कृषि र सिचाईमा देवानगञ्ज गाउँपालिकाले छुट्टै पहिचान स्थापित गर्नका लागि कृषि विधुतिकरण योजनाको सुरूवात गरिएको जनाएको छ ।
कोशी प्रदेश सभा सदस्य रामप्रसाद महेताले नहर भएर पनि पानी नपुगेको सीमावर्ती क्षेत्रका किसानलाई कृषि विधुतीकरण प्रभावकारी हुने बताउनुभयो । केहि कोशी प्रदेश सभा सदस्य रामप्रसाद महेताले भन्नुभयो धेरै बुझेर थोरै सुरुवात गर्नुभएको छ राम्रो लक्षन हो यो जुन देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयूक्त लगानीमा जुन यो किसानहरुको लागि कृषि विधुतीकरण भइरहेको छ ।

देवानगञ्ज गाउँपालिकाको ५ करोड र नेपाल विधुत प्राधिकरणको ५ करोड लगानीको पहिलो चरणमा वडा नं. २, ३, ४, र ५ मा जम्मा १० करोडको आयोजना ठेक्का सम्झौता भई काम सुरु गरिएको र दोस्रो चरणमा वडा नं. १, ६ र ७ मा १३ करोडको योजना अर्को आर्थिक वर्षमा संचालन गरिने गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो । सिंचाईको लागि राम्रो व्यवस्था नभएकोले सतहको पानी पम्पसेटको प्रयोग गरि सिंचाई गर्दा निकै झन्झटिलो र खर्चिलो हुने गर्दछ। किसानहरुको यास्तो किसीमको समस्या नहोस् भनेर कृषि विधुतिकरण कार्य सुरु गरिएको हो । अध्यक्ष मेहताले यो कृषि विधुतिकरण कार्य मंसिर सम्ममा सम्पन्न हुन्छ र कृषि विधुतिकरणमा देवानगञ्ज गाउँपालिकाको पहिलो नम्बरमा नाम आउनेछ ।

प्रत्येक किसानले यो योजना समापन पस्चात विधुतको माध्यमबाट सिंचाई गर्न पाउनेछन्। भोलिका दिनमा ५ विगाह १० वगाहको पलोटमामा सिंचाई गर्न एउटा पानी तान्ने मोटर दिईने वा डिप बोडिङ्ग गाउँपालिकाको तर्फबाट उपलब्ध गराई कृषिमा क्रान्ति ल्याउने आफ्नो योजना रहेको जानकारी गराउदै योजना समयमा सम्झौता अनुसार सम्पन्न गर्न ठेकेदारलाई कडा निर्देशन समेत दिनुभयो।

यता किसानहरुले गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले गरेको कार्यको प्रसंसा गरेको छ । आज सम्पन्न नेपालमै कहीँ नभएको योजना हाम्रो लागि पालिका अध्यक्षले निकै मेहनत गरेर ल्याएकोमा प्रसंसा गरेका हुन् । कार्यक्रममा उपस्थित भएका स्थानीय किसानहरुले हर्षित हुँदै विधुतीकरण गर्ने कार्यको स्वागत हामी आफैले पनि सहयोग गरी यो योजनालाई सफल बनाउने बताउनुभयो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!