गढी २ नंम्बर वडालाई बाल विवाह मुक्त वडा घोषणा

डुमरलाल मेहता शनिबार, जेठ १३, २०८०

विराटनगर । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार गढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा साविक औराबनी गाविस हाल गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गरेको वडा अध्यक्ष प्रभाकर चौधरीले बताउनुभयो । प्लान इन्टरनेश्नल नेपाल र साझा सवालका लागि साझा मञ्च (कोकन) सुनसरीले विगत लामोसमयदेखि बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रहरु संचालन गर्दै आइरहेको कोकनका कार्यक्रम संयोजक हेमन्तराज पौडेलले बताउनुभयो ।

पौडेलले भन्नुभयो ‘ हामीले करिब १० वर्षदेखि गढी गाउँपालिकाकामा बालबालिकालागि विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको थियो र यसै परियोजनाको समयअवधि पनि सकिन केहि महिनामात्र बाँकी रहेकाले आज गढीको २ नम्बर वडालाई बाल विवाह मुक्त वडा घोषणा कार्यक्रमले महत्वपुर्ण कार्य पुरा गरेकोमा खुसी लागेको बताउनुभयो ।’
कार्यक्रममा पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ की सांसद भगवति चौधरीले बोल्दै भनिन् ‘ कानुनी रुपमा बाल विवाह अपराध हो । हामीले बालिकाहरुलाई सानै उमेरमा विवाह गरेर आफनो जिम्मेवारी पुरा गर्नु भन्दा पहिला उनीहरुको विकासकालागि शिक्षामा जोड दिनुपर्ने बताइन् ।

चौधरीले थप जोडदिदै भनिन् ‘म सासद हुनुभन्दा पहिला पनि यस वडामा शिक्षामा सुधार र बालबालिकाको विकासलागि फरवार्ड संस्थाबाट विभिन्न कार्यहरु संचालन गरेको स्मरण गर्दै आज यस गढी २ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न पाउँदा खुसी लागको बताइन् । यस्तै कोशी प्रदेशका सांसद रामदेव यादवले बोल्दै भने आज बाल विवाह मुक्त गढी २ लाई घोषण गरिएको छ । यो कार्यक्रम क्रमस गढीका अन्य वडामा पनि सबैले गनुपर्ने बताउनु भएका छन् ।

बाल विवाह मुक्त वडा घोषणा कार्यक्रममा गढिका समाजसेवीहरु, शिक्षकहरु,स्वयमसेविकाहरु र सामाजिक अभियन्ताहरुलाई प्रंशसा पत्र, मायाको चिनोसहित सम्मान गरिएको कोकनका कार्यक्रम अधिकृत दयालाल चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो हामीले समाजमा बालबालिकाका क्षेत्रमा लामोसमयदेखि कार्य गर्दै आएका व्यक्तित्वहरुलाई यसै अवसरमा सम्मान कार्यक्रम गरिएको बताएका छन् । कार्यक्रमममा गढी २ का सामुदायिक तथा निजी विधालयका सबै बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रममा थारु,उराँव र नेपाली संस्कृति झल्कने नृत्यले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो ।

प्लान इन्टरनेशनल नेपाल,फरवार्ड दुहबी, साझा सवालका लागि साझा मञ्च, आसमान नेपाल, पिपुल इन निड,महिला फेडरेशन, ओरेक नेपाल, शान्ति र समृद्धिका लागि युवा सुनसरी, बाल अधिकार समिति गढी गापा, किसोरी संजाल, बाल संजाल, दुरदृष्टि विकास समाज केन्द्र, प्रहरी कार्यालय औरावनी, साझा नेपाल, सामुदायिक सचेतना नेपाल, ज्योति महिला फेडरेशन, सिएडिसी, आरएसडिसी र भ्वाइस अफ चिल्ड्रेन नेपालको सहकार्य रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!