‘जनता अभियान’अनलाइन न्युज पोर्टलको गरियो उद्घाटन देवानगञ्जमा

देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिकामा ‘जनता अभियान डटकम’www.janataabhiyan.com को सञ्चालनमा आएको छ । मंगलवार उद्घाटनको कार्यक्रम आयोजना गरि जनता अभियान डट कम अनलाइन न्युज पोर्टलको केन्द्रीय कार्यालय रहने गरी उद्घाटन भएको हो । प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा , प्रमुख अथिती तथा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरे । गाउँपालिका […]

मुख्यमन्त्री आचार्यका ६८ दिन : बजेट बाँडफाँटमै केन्द्रित

विराटनगर । मुख्यमन्त्री भीमप्रसाद आचार्यले ६८ दिने कार्यकालमा प्रदेशमा व्ययभार बढाउने तथा बजेट बाँडफाँट गरेर बिताएका छन् । प्रदेशको नामकरण मुख्यमन्त्री आचार्यको प्राथमिकतामा परेनन् । प्रदेशसभाको चौथो वर्ष बित्न लाग्दा पनि प्रदेशको नामकरण हुन नसक्दा प्रदेश सरकार र सांसद आलोचित भइरहेका छन् । एमाले विभाजन भएको भोलिपल्ट भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री […]

तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

विराटनगर । तिहारको आगमनसँगै भारतबाट नेपालतर्फ भित्र्याउने क्रममा बरामद भएको भारी परिमाणको पटका आइतबार मोरङ प्रहरीले नष्ट गरेको छ । पानीले भरिएको खाल्डोमा हालिएको पटका ओसिएपछि प्रहरीले माटोले पुरेको थियो । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले खाल्डो खन्ने, पानी भर्ने, पट्का हाल्ने र पुर्ने काम गरेको थियो । बरामद पटकाको मूल्य करिब ३ लाख ३४ हजार […]

बेमौसमी बाढीबाट मोरङ-सुनसरीका उद्योगमा अढाइ अर्बको क्षति

विराटनगर । गत कात्तिक १ देखि ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीले सुनसरी(मोरङ औद्योगिक करिडोर क्षेत्रमा करिब अढाइ अर्बको क्षति भएको छ । ४१ वटा उद्योगमा बाढी र वर्षाको पानी पस्दा दुई अर्ब ४८ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको हो । अचानक आएको बाढीका कारण ठूलो क्षति पुगेको उद्योग […]

प्रदेश सरकारको अनुभूति दिन एकद्वार प्रणालीबाट सेवा दिन खोजेका हौं : मन्त्री साम्सोहाङ

विराटनगर, १४ कार्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूती दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताउनु भएको छ । जिल्ला–जिल्लामा एकिकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज हुने उहाँले बताउनुभयो । विराटनगरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरिय बार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले सो कुरा बताउनु भएको हो । उहाँले […]

कोभिड १९ का कारण छात्रा शिक्षामा परेको प्रभाव

देवानगञ्ज, १४ कार्तिक । चीनको वुहानमा देखिएको कोरोना भाईरस संक्रमण (कोभिड १९) सन २०२० मा विश्वभरि नै महामारीका रुपमा फैलियो । भाईरसको संक्रमण नफैलियोस भनेर मानिसहरुको हिड्डुल नियन्त्रण गर्न नेपाल सहित विश्वका धेरै मुलुकले बन्दाबन्दी (लकडाउन) विधी अपनाए । मानिसको भिडभाड हुने सबै क्षैत्र बन्द गर्ने क्रममा शिक्षण संस्था भौतिक उपस्थितीमा सञ्चालन गर्न बन्द गरियो […]

सुनसरीमा प्रजिअले थाल्यो सर्वपक्षीय अनुगमन

सुनसरी । सुनसरीको प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय अनुगमन थालेको छ । प्रजिअ इन्द्रदेव यादवले पहिलो चरणमा जिर्ण सडक केन्द्रीत अनुगमन थालेको हो । प्रजिअ यादवले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेको हो । उनले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको बताए । सर्वपक्षीय टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक […]

निर्माणाधीन इनरुवा सबस्टेसन डुवानमा

काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन चारसय केभी र २२०÷१३२÷३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल […]

बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् । गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी दिलकुमार तामाङले बुधबार बिहानसक्क […]

संविधान संसोधन आवश्यक :अध्यक्ष यादव

सुनसरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समान्ता र न्यायका लागि नेपालको संविधान संसोधन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष यादवले आईतबार सुनसरी सदरमुकाम इनरुवामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संबिधान निर्माण र जारीदेखी आफूहरुले त्यसमा संसोधनको आवश्यकता औल्याउदै आएको बताउदै संसोधन नभएसम्म सबै नेपालीको हित नहुने बताउए । उनले संविधान […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!