प्रशासनिक खर्च घटाउने अर्थमन्त्री महतको घोषणा

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख २७, २०८०

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् ।

‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ रु प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्ट सँग भनौंला’ उनले भने ।

जहाँ जुन खर्च नगरेर पनि काम चल्छ त्यहाँ खर्च नगर्ने सरकारको नीति हुने उनले बताए । यही नीति अनुसार चल्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्ने उनले बताए । ‘अनावश्यक ठाउँमा खर्च नगर्ने, गाडी नकिन्ने । त्यसैल ९पुरानैले० चलाउने’ उनले भनेका छन् ।

पछिल्ला केही वर्षहरुमा अनावश्यक भवन बनाउने प्रतिस्पर्धा चलेको उल्लेख गर्दै वर्तमान सरकारले यसलाई ख्याल गर्ने बताए ।

‘हामीले बिल्डिङ बनाउने प्रस्पिर्धा नै गरेछौं । ठूला ठूला बनायौं । स्रोत साधन हैसियतभन्दा चर्को, अरबौं अरबको। आवश्यकता भन्दा कैयौं गुणा ठूलो बिल्डिङ बनाउन लागेछौं। यस्तो खाले खर्च यसपटक अति आवश्यक भए मात्रै गर्नेछौं ‘ अर्थमन्त्री महतले भनेका छन् ।

सरकारले स्रोत र साधन अनुसारको काम गर्ने उनको भनाइ छ । ‘घाँटी हेरेर हाड निल्ने भन्छ नि ‘ अर्थमन्त्री महतले भने ।
पश्चिमा देशमा आफू पढेर आएको उल्लख गर्दै अर्थमन्त्री महतले भने, ‘मैले देखको छु । पेपर लेस इकोनोमीमा भनिरहेको छ । हाम्रो चाहीँ कोठाको साइज बढाइरहेका छौं । पश्चिमा मुलुकमा सानो अफिसमा ठूला अफिसर बसिरहेको हुन्छ कम्युटर लिएर । हाम्रोमा पनि त्यस्तो सम्भावना छ ।’

सार्वजनिक खरिद ऐनमा समस्या रहेको उल्लेख गर्दै उनले त्यसमा रहेको अवरोध हटाउने पनि सरकारको योजना रहेको बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!