सयकडा ५ को दरले साहुको सम्पूर्ण ऋण तिर्दा पनि जग्गा फिर्ता लिन सकेनन् जोगानन्द

जितेन्द्र ठाकुर शुक्रबार, बैशाख २९, २०८०

विराटनगर । साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको ऋणले सुनसरी देवानगंज गाउँपालिका एकजना किसान बेघर बनेका छन् । सुनसरीको देवानगंज गाउँपालिका १ का जोगान्द मेहता बेघर बनेका हुन । गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा नौ कठ्ठा तीन धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए ।

विस २०७१ सालमा मेहताले ५ रुपैयाँ ब्याजदरले भगतसँग लिएको ऋणको सबै सावा र ब्याज गरेर २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचिदिएपछि घरबारविहीन बनेका हुन्।

मेहताले साथी बचालाल यादवका छोरा जीतु यादवलाई ऋण लिएर विदेश पठाउन पैसा दिएका थिए । अजय भगतको पत्नी खुस्बु देवी भगतको नाममा धितो वापत पास गरेको जग्गा फिर्ता गर्न ५ रुपैयाँ सयकडाका दरले ब्याज सहित ७ लाख रुपैयाँ बुझाए पनि जग्गा फिर्ता नगरि अर्कोलाई बेचेको पीडित मेहताले बताए ।

मिटरब्याजी अजय भगतले पैसा बुझाएपछि पटकपटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दै २०७८ साल माघ ५ गते दुई कित्ता बनाएर अरुलाई जग्गा बेचेको पाइएको हो ।

बेघर बनेका जोगानन्दले ७ लाख भगतलाई बुझाउन घर भएको जग्गा ३ कठ्ठा १४ धूर फरवाड वित्तिय संस्थामा फेरि घितो राखेर ३ लाख बुझाएको बुझिएको छ।

मेहताले ऋण लिएको ४ वर्ष नपुग्दै ब्याजसहित रकम बुझाएको ४ वर्षपछि धितोमा राखिएको जग्गा बेचेर घरबारविहीन बनाएको पीडा सुनाए । उनका अनुसार देवानगंज गाउँपालिका (१ कै पीडित मेहताको छिमेकी देवनारायण मेहतालाई ४ कठ्ठा र सूर्यनारायण मेहतालाई ५ कठ्ठा ३ धुर जग्गा १० लाख ५० हजारमा बेचेको हो ।

पीडित मेहताले भने” ७ लाख बुझाएँ,फेरि १० लाख ५० हजारमा जग्गा बेचेर पनि भगतले राख्यो ।‘ पटकपटक स्थानीय स्तरमा राखिएको छलफलमा निष्कर्ष नआउँदा गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी दिएको उनले बताए ।

देवानगञ्ज गाउँपालिका (३ का वडा अध्यक्ष अनिल भगतको भाइ मिटरब्याजी भएकाले गाउँपालिकामा कुनै छलफलमा सहभागी भएनन्। पीडितका बुवा बुद्धिलाल मेहताले मिटरब्याजी अजयका कारण आफ्नो परिवारको उठिबास भएको आरोप लगाए ।

उनले २०७४ सालमा आफ्नो छोरा जोगानन्दले २ लाख ७५ हजारको ब्याजसावा गरी सात लाख बुझाए पनि जग्गा फिर्ता नगरी भगतले आजभोलि भन्दै जग्गा बेचर बेखर बनाएको बताए ।

अब कुरा पनि गर्दैन पीडितका बुवा बुद्धिले भने,”उल्टै मुद्दा हाल्ने धम्की दिने गरेको छ । उनका अनुसार प्रशासनमा समेत उजुरी दिए पनि छलफलमा नआइ जिल्ला अदालतमा निषेशज्ञा मुद्दाको हालेको बताए । मिटरब्याजी अजय भगतसँग पटकपटक कुरा गर्दा सम्पर्कमा आउन चाहेन । म्यासेज गरे मोबाइल अफ गरेका छन् ।

उता मिटरब्याजी अजय भगतका दाइ देवानगंज गाउँपालिका (३ का वडा अध्यक्ष अनिल भगतसँग सम्पर्क गर्दा पछि फोन गरेर कुरा गर्ने भन्दै बोल्न मानेन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!