सुरक्षा अधिकारीद्धारा सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन

जयकृष्ण यादव शुक्रबार, बैशाख २९, २०८०

विराटनगर । सुनसरीका सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेको छ । सीमावर्ती क्षेत्रको बर्जु र देवानगञ्ज गाउँपालिकाको सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरिएको हो । शुक्रबार मोरंगको सीमा केशल्या खोला र नेपाल भारतसीमा अमडुवादेखी देवानगञ्जको कौवाखोचसम्मको क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भको अनुगमन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
तीन वटै सुरक्षा अधिकारीको साथ सीमा स्तम्भहरुको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका अपराधहरु हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
नियमित अनुगमनको क्रममा यो वर्ष पहिलो पटक बर्जु गाउँपालिका ३ को अमडुवा, ४ को बेरिया र देवानगञ्ज गाउँपालिका ५ को साहेवगञ्ज, ३ र ४ को कौवाखोच कप्तानगञ्ज सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरिएको प्रजिअ पाण्डेले बताउनुभयो ।
नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाईका साथ शान्तीसुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । प्रजिअ पाण्डेले सुनसरीको बर्जु गाउँपालिका ३ को अमडुवा स्थित पुर्वी पहिलो जंगे सीमा सीमास्तम्भ नं। १८२ पीपी ७१ देखी देवानगञ्ज गाउँपालिका ३ पाचोसिम्बर कप्तानगञ्जको सानो सीमा सीमास्तम्भ नं. १८९ पीपी ७१ सम्मको अनुगमन गरिएको बताउनुभयो । उहाँका अनुसार सीमा नाकामा हाल नयाँ कुनै पनि समस्या नरहेको अनुगमनको क्रममा पाइएको छ ।


सीमा अनुगमनमा प्रजिअ पाण्डेसहित सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्वाहाङ्फे, सशस्त्र प्रहरी नायव उपरीक्षक तथा निरीक्षकहरुको सहभागिता रहेको थियो । साथै सिमावर्ती क्षेत्रमा रहेका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा सुरक्षा मापदण्डको पालना गरी उच्च मनोवलका साथ प्रभावकारी भुमिका निर्वाह गर्न समेत उत्प्रेरित गर्नुभएको थियो ।
प्रजिअ पाण्डेलाई कप्तानगञ्ज वेस क्याम्पले सेवा क्षेत्र र नक्साको बारेमा जानकारी गराएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!