देवानगञ्ज गाउँपालिकाले सुरू गरे अंग्रेजी माध्यममा कक्षा

Radio Nagarik 100.4 MHz शनिबार, जेठ १३, २०८०

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले वडा नम्वर ६ जिरोगुवामा रहेको फोचो दास अधारभूत विधालयलाई अंग्रेजी माध्यमबाट पठनपाठन शुरू गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि सुरूवाती चरणमा शिशु कक्षा,अपर किन्डर गार्टेन र कक्षा एकलाई पहिलो चरणमा अंग्रेजी माध्यबाट पठनपान सुरू गरिएको गाउँपालिकाका शिक्षक चन्दन मेहताले बताए । कक्षा ८ सम्म अध्यापन हुने यस विधालयमा एक सय सत्तरी जना विधार्थी रहेको छ । खेल सामग्री सहित रहेको अत्याधुनिक कक्षा कोठालाई पूर्ण डिजिटल बनाउने लक्ष्य समेत रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन मेहताले सुनाए ।


स्थानिय विधालयहरूका प्रअ,शिक्षक, बुद्धिजीवी राजनैतिक दलका प्रतिनिधि लगायत अभिभावकहरूका वीच रिवनकाटेर गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले अंग्रेजी माध्यममा हुने अध्यापन कक्षाको उदघाटन गरेका हुन । शिक्षामा आमूल परिवर्तन ल्याउने सोचका साथ आफू अगाडि बढिरहेको बताए ।त्यसको लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए । शिक्षामा अनावश्यक दलगत राजनैतिक बढिरहेको भन्दै दुख ब्यक्त गरे ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष मेहताले क्रमश प्रत्येक वडामा एउटा विधालयलाई यसरी नै अंग्रेजी माध्यममा पठनपाठन गराउने हाम्रो लक्ष्य रहेको बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष कुमारी विभा यादव समेतको उपस्थिति रहेको थियो । फोचो दास अधारभूत विधालयका प्रअ रमेश मेहताको अध्यक्षतामा सुरू भएको उक्त कार्यक्रममा वडा नम्वर २ का वडा अध्यक्ष जगनारायण मेहता,वडा नम्वर ६ का वडा अध्यक्ष हरिनन्द मेहता, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल नेपाली कांग्रेस वडा नम्वर ६ का सभापति रामप्रसाद चौधरी लगायतका वक्ताहरूले अंग्रेजी माध्यम आजको आवश्यक्ता रहेको औँल्याए । उक्त विधालयमा २ जना बालविकास सहयोगि शिक्षक सहित ९ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!