शिक्षक महासंघ बर्जुको अध्यक्षमा विजय चौधरी सर्वसम्मत

डुमरलाल मेहता सोमबार, जेठ २९, २०८०

विराटनगर । शिक्षक महासंघ नेपालअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा नयाँ कार्यसमिति गठन भएको छ। बर्जुमा शिक्षक महासंघ नेपालको ७७ वटा जिल्लामध्ये पहिलो भन्ने सर्वसहमत रूपमा गठन भएको हो। विजय चौधरीको अध्यक्षमा गठन भएको उक्त समितिमा जम्मा २३ जना सदस्य रहेका छन्।

तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियन को रूपान्तरित साझ संस्थाको रूपमा गठन भएको नेपाल शिक्षक महासंघ– नेपाली शिक्षकहरूको एक मात्र आधिकारिक युनियन हो ।

२०७१ सालमा जन्मिएको महासंघले यताका वर्षमा सामान्य परिचय बनाए पनि यसलाई राज्य, राजनीतिक दल र कर्मचारीतन्त्र, गैरसरकारी क्षेत्रका साथै शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति तथा संघसंस्था र स्वयं यसका आबद्ध घटक संस्था र तिनका नेताहरूले समेत उचित महत्वव र हैसियत प्रदान गरिरहेका छैनन् ।

शिक्षक समुदायका पेशागत युनियनलाई कुनै पनि देशमा शिक्षा विकासको एक महत्वपूर्ण पक्षका रूपमा स्वीकारिएको पाइन्छ । तर सँगसँगै राज्य, गैरसरकारी संघसंस्था, शिक्षा अभियन्ता र कतिपय शिक्षाविद्हरूले समेत शिक्षकका तिनै संगठन र तिनको उपस्थितिलाई रुचाइरहेको पाइँदैन ।

अझ्, नेपाल जस्ता शासन प्रशासनमा दलगत प्रभाव ज्यादा रहेका विकासोन्मुख देशहरूमा बलियो र स्वतन्त्र शिक्षक युनियन बन्न नदिने प्रवृत्ति शिक्षक युनियनभित्र र बाहिर दुवैतिर पाइन्छ । नेपाल शिक्षक महासंघ पनि केही हदसम्म त्यही प्रवृत्तिको शिकार भएको बुझन कठिन छैन ।

समिति गठन कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष युवराज श्रेष्ठले बर्जु गाउँपालिकामा मात्रै गठन भएर आफूहरूका माग–मुद्दाहरु पूरा हुन नसक्ने जनाए।

यस्तै, नेपाल शिक्षक संघ बर्जुका अध्यक्ष बिनोद गुरुङले पटकपटक ध्यानाकर्षण गराए पनि शिक्षा ऐन प्रभावकारी हुन नसकेको बताए ।

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला सचिव रोहनराज कार्की, प्रल्हादकुमार कामत, नेपाल शिक्षक संगठनका उपाध्यक्ष सत्यनारायण मेहता, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रमानन्द मण्डल र नेपाल शिक्षक महासंघ निर्वाचन समितिका जिल्ला संयोजक भुमिका देवि मगरले नवगठित समितिलाई शुभकामना दिएका थिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!