अफगानिस्तानको कूटनीतिक नियोगमा कार्यरत ५ सय ४६ नेपाली सुरक्षागार्डलाई उद्धार गरिएको छ । अमेरिकी, बेलायती दूतावास र युरोपियन युनियन डेलिगेट्सको सुरक्षार्थ खटिएका नेपालीलाई अमेरिका र बेलायतले सोमबार बेलुकासम्म उद्धार गरेका हुन् । काबुलको ग्रिन जोनभित्र रहेको कूटनीतिक क्षेत्रबाट ल्याई हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलस्थित अमेरिकी सैन्य बेसक्याम्पमा राखिएका नेपालीलाई आइतबार र सोमबार उद्धार गरिएको हो । अमेरिकी सेनाको विमानबाट […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले रिट निवेदन दर्ता गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गर्नुभएको रिट निवेदन दर्ता भएको जानकारी दिए । रिट निवेदनमा शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको […]
बेइजिङ । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ। सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने स्पष्ट पारेको छ। ‘अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानी मात्रै नभएर […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल […]
काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् । सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिको […]
काठमाडौँ । तालिवान लडाकुले अफगानिस्तानको सत्ता हातमा लिएसँगै अमेरिका, बेलायतलगायत मुलुकले काबुलस्थित आफ्ना दूतावासमा कार्यरत नेपाली कामदारको उद्धार थालेका छन् । उद्धार गर्नुअघि नेपालीको पीसीआर परीक्षण पनि गर्न थालिएको छ । सबैभन्दा बढी नेपाली सुरक्षा गार्ड सप्लाई गर्ने गार्डा वर्ल्ड सुरक्षा कम्पनीले स्वदेश फर्कने सूचीमा राखिएका नेपालीलाई आइतबार दिनभरि पीसीआर परीक्षण गराएको थियो । उद्धार गरिएका नेपालीलाई दुबई, […]
काठमाडौँ । आज कान्तिपुर इकोनमिक समिट २०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले भन्यो, सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो । एकातिर खोप व्यवस्थापनका लागि […]
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) विरुद्धको को खोप लगाउनका लागि खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई उनीहरूको घरमै गएर खोप लगाउन सरकारलाई सर्वोच्चले आदेश दिएको छ । अधिवक्ता प्रवेश केसीले दायर गरेको रिट निवेदनमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । लोककल्याणकारी राज्यको हैसियतले सरकारले संविधानको […]
काठमाडौं । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ । त्यसरी नै प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा […]
सुनसरी । कोशी गाउँपालिका वडा नं. ४ खत्वे टोल का ५५ वर्षीय रामे खङ्ग खत्वेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहीबार बिहान साढे ५ बजे खेततर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जङ्गली हात्तीले घर नजिकै रहेको बिपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको हो । […]