प्रदेश सरकारको अनुभूति दिन एकद्वार प्रणालीबाट सेवा दिन खोजेका हौं : मन्त्री साम्सोहाङ

Radio Nagarik 100.4 MHz आइतबार, कार्तिक १४, २०७८

विराटनगर, १४ कार्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेशबासीलाई प्रदेश सरकारको अनुभूती दिलाउन एकद्वार प्रणालीबाट सेवा दिन खोजिएको बताउनु भएको छ । जिल्ला–जिल्लामा एकिकृत सेवा हुँदा प्रदेशवासीलाई नै सहज हुने उहाँले बताउनुभयो ।
विराटनगरमा प्रदेश स्वास्थ्य निर्देशनालयको प्रदेश स्तरिय बार्षिक समीक्षा कार्यक्रममा मन्त्री साम्सोहाङले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ बाहिर हल्ला गरेजस्तो स्वास्थ्यको जिल्ला कार्यालय नै नरहने, स्वास्थ्यका हाकिम नै हुन नपाईने भन्ने हैन ।’ प्रदेश सरकारको २०७८–७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८–७९ को बजेट वक्तव्यको अनुसारले नै प्रदेश सरकारले कार्य अघि बढाएको उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईले प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसारनै एकद्वार प्रणालीबाट सेवा दिने तयारी थालिएको बताउनुभयो । उहाँले प्रतिवेदन अध्ययन गरेर मात्रै धारणा बनाउन पनि आग्रह गर्नुभयो ।
ज्नस्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य कैलाशखाकी श्रेष्ठले प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको माग राखिरहेको समयमा स्वास्थ्य स्वास्थ्य सेवाको परिकल्पना भन्दा बाहिर गएर संगठन संरचना तयार गर्न खोजिएको बताउनुभयो । उहाँले एकद्वार प्रणालीबाट सेवा दिने प्रदेश सरकारको तयारीको विरोध जनाउनुभयो । उहाँले तत्काल स्वास्थ्य मन्त्रालय बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । तीन दिने समीक्षामा स्वास्थ्यकर्मीहरुले एकिकृत सेवा प्रणालीबारे ठोस धारणा तय गर्नुपर्ने श्रेष्ठको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, डा. मदन उपाध्याय, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई लगायतले बोल्नु भएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!