‘जनता अभियान’अनलाइन न्युज पोर्टलको गरियो उद्घाटन देवानगञ्जमा

डुमरलाल मेहता बुधबार, कार्तिक १७, २०७८

देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिकामा ‘जनता अभियान डटकम’www.janataabhiyan.com को सञ्चालनमा आएको छ । मंगलवार उद्घाटनको कार्यक्रम आयोजना गरि जनता अभियान डट कम अनलाइन न्युज पोर्टलको केन्द्रीय कार्यालय रहने गरी उद्घाटन भएको हो ।
प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा , प्रमुख अथिती तथा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरे । गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले रिबन काटेर उक्त कार्यालय उद्घाटन गरेको थियो । कार्यक्रममा बोल्दै शर्माले हालको अवस्थामा पत्रकारिता एक चुनौती भएपनि अध्ययन र अनुभवले सफलता मिल्न सक्ने बताए ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका अध्यक्ष घिमिरेले अनलाइन मिडिया समाजमा थुप्रै भएपनि पत्रकारिताको धर्म र आचार संहिताअनरुप चल्न सक्नुपर्नेमा जोड दिए । जेए मिडिया हाउस प्रालि द्धारा सञ्चालित जनता अभियानका प्रवन्धक विनोद मेहताले स्थानीय स्तरमा रहेर भएपनि जनतालाई निष्पक्ष समाचार दिने आफूहरुको योजना रहेको सुनाए । जनस्तरमा ऐनाजस्तै स्पष्ट काम गर्ने अभियान बोकेका कारण जनता अभियान नाम राखेको सुनाउँदै मेहताले समाजको यथार्थ चित्रण गर्न सधैँ लागिपर्ने प्रतिबद्धता जनाएका थिए ।


उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता,नासा इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष अरिबन्द मेहता,देवानगञ्ज गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष अशोक यादव लगायतका बक्ताहरुले कुनै पनि सामाचर लेख्दा सत्यतथ्य खोजी गरी त्यस्तै कुनै पनि समाचार एकलौटी नहुने गरी समाचार लेख्न र सफलताको शुभकामना ब्यक्त गरेको थिए । कार्यक्रममा सयाँै जनाको सहभागीता रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!