सुनसरीमा प्रजिअले थाल्यो सर्वपक्षीय अनुगमन

Radio Nagarik 100.4 MHz शुक्रबार, कार्तिक १२, २०७८

सुनसरी । सुनसरीको प्रमुख जिल्ला अधिकारीले सर्वपक्षीय अनुगमन थालेको छ । प्रजिअ इन्द्रदेव यादवले पहिलो चरणमा जिर्ण सडक केन्द्रीत अनुगमन थालेको हो । प्रजिअ यादवले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेको हो । उनले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको बताए । सर्वपक्षीय टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक खण्डको स्थलगत जानकारी लिएको प्रजिअ यादवले जानकारी दिए । सो क्रममा विशेषगरी सीमावर्ती क्षेत्र हुदै जिल्ला सदरमुकाम जोड्ने विभिन्न सडक खण्डको अवस्था नियालेको यादवले बताए ।

जिर्ण बनेका मूख्य तथा सहायक सडक मर्मत तथा स्तरोन्नति गर्ने उद्देश्यले आयोजना गरिएको सर्वपक्षीय अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य सीताराम मेहताका साथै प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिति रहेको थियो । हुलाकी मार्ग अन्तर्गत निर्माण चरणको प्रकृयामा रहेको सो सडक खण्डको जिर्ण अवस्था नियालेको टोलीले सर्वसाधारणको आवतजावत सहज बनाउन कामको रफ्तार बढाउनु पर्ने निष्कर्श निकालेको छ । अनुगमन टोलीले राष्ट्रिय गौरबको आयोजना अन्तर्गत पर्ने केसलिया खोलादेखि लौकही पुलचोक खण्डको हुलाकी मार्ग समेत निरिक्षण गरेको छ । सडक निर्माण कार्यमा ढिलाई भइरहेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै अवस्था नियाल्न सर्वपक्षीय अनुगमनको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

यादवले जिर्ण बनेका सडक मर्मत तथा स्तरोन्नतिसँगै ढिलाई भएको क्षेत्रमा त्यसको कारण के हो ? त्यसको समाधान निकाल्न सर्वपक्षीय अनुगमन थालिएको बताए । प्रजिअ यादवले स्थानीय तहका प्रमुख सहित सरोकारवालाको उपस्थितिमा गरिएको अनुगमनले प्रभावकारी नतिजा ल्याउने भएकाले समेत सर्वपक्षीय अनुगमनमा जोड दिइएको बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!