कोभिड १९ का कारण छात्रा शिक्षामा परेको प्रभाव

अरविन्द मेहता आइतबार, कार्तिक १४, २०७८

देवानगञ्ज, १४ कार्तिक । चीनको वुहानमा देखिएको कोरोना भाईरस संक्रमण (कोभिड १९) सन २०२० मा विश्वभरि नै महामारीका रुपमा फैलियो । भाईरसको संक्रमण नफैलियोस भनेर मानिसहरुको हिड्डुल नियन्त्रण गर्न नेपाल सहित विश्वका धेरै मुलुकले बन्दाबन्दी (लकडाउन) विधी अपनाए । मानिसको भिडभाड हुने सबै क्षैत्र बन्द गर्ने क्रममा शिक्षण संस्था भौतिक उपस्थितीमा सञ्चालन गर्न बन्द गरियो । जसका कारण शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भयो ।

कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावका विभिन्न आयाम वारे नेपाली सार्वजनिक वृत्तमा थुप्रै छलफल र बहस भएका छन् । कोभिड १९ र त्यसभन्दा पछाडी छात्राहरुको शिक्षा सुनिश्चित गर्न लैङ्गगिक संवेदनशील रिपोटिङ्ग विषयमा ३ दिनसम्म युनेस्को (ग्ल्भ्क्ऋइ) को सहयोगमा सञ्चालन भएकोे तालिम र स्थानिय स्तरमा गरेको अध्यन सामग्रीको अधारमा तयार पारिएको यो लेख कोभिड १९ का कारण छात्रा शिक्षामा परेको प्रभाव विषयमा केन्द्रित छ ।
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा जम्मा २३ वटा सामुदायिक विधालय रहेका छन् । जुन विधालयहरु २०७६ साल चैत्र ११ बाट बन्द भई २०७८ साल आश्विन ४ गतेबाट मात्र सञ्चालनमा आएको छ । २० महिना विधालयहरु पुर्ण रुपमा बन्द रहेको देवानगञ्ज गाउँपालिका शिक्षा संयोजक एवम् श्री कृष्ण मा.वि.का प्रधानाध्यापक उमेश प्रसाद मेहता बताउनुहुन्छ ।

छोरालाई निजी र छोरीलाई सरकारी स्कुलमा पढाउने अभिभावक यो गाउँपालिकामा धेरै छन् र सरकारी स्कुलमा इन्टरनेटको पहुच एकदमै कम छ । अनलाइन कक्षा सञ्चालन गर्ने अवस्था पनि यस गाउँपालिकामा भएन किन भन्ने ९२ प्रतिशत अभिभावकहरु कृषि पेसामा अधारित जिवनयापन गरिरहनु भएको छ । आर्थिक अवस्था पनि कमजोर रहेकोछ । अनलाइन कक्षामा सहभागीताको लागि विधार्थीलाई चाहिने आवश्यक उपकरण र इन्टरनेट जडान गर्ने वतावरण पनि नरहेकोले हामी सँग भौतिक कक्षा सञ्चालन बाहेकको विकल्प नरेहेकोले २० महिना विधालय बन्द रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख उज्जवल सुवेदी बताउनुहुन्छ । बन्दाबन्दीको अवधिसम्म पूर्ण रुपमा विधालय बन्द रहदा छात्राहरुमा मान्सिक समस्या समेत देखाएको स्थानिय अविभावक हिरालाल मेहता बताउनुहुन्छ । उक्त पालिकामा बन्दाबन्दीको अवधिमा आत्महत्या गर्ने दरमा वृद्घि भएको प्रहरीको रेकर्डले पनि यो कुरालाई पुष्टी गरेको छ । स्थानिय सरकारले भौतिक रुपमा विधायलको अवस्थामा सुधार ल्याए पनि शिक्षाको अन्य क्षेत्रमा खासै ध्यान दिएको देखिदैन । बन्दाबन्दीको समयमा विधालयको अन्य क्षेत्रमा खर्च नभएको रकमलाई रकमान्तर गरी बिग्रेको पढाइलाई पुन्ह लयमा फर्काउन शिक्षक विधार्थीहरुको जोड रहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!